भुमि सुधारको काममा भएका गल्तिहरुलाई सुधार्न र
भुमि समस्यालाई सही रुपमा समाधान गर्न।चिनिया समाजको ग्रामिण इलाकामा बर्गहरुको
सही बिश्लेषण गर्न क.माओ त्सेतुङ्गले सन १९३३ अक्टुबरमा यो लेख लेख्नु भएको थियो। यसलाई तत्काल
मजदुरहरु र किसानहरुको प्रजातान्त्रिक केन्द्रिय सरकारद्वारा ग्रामिण इलाकामा बर्ग
बिश्लेषण सम्वन्धि मुख्य कसीको रुपमा अपनाइएको थियो।मालेमाबाद अध्ययन गर्न
चाहनेहरुका लागी यो सामाग्रीले थोरै भएपनि सहयोग र स्रोत बनोस बन्नेछ।
१.जमिनदार।
जमिनदार त्यो ब्यक्ति हो,जोसँग जमिन छ,जो आफै श्रम गर्दैन अथवा
आम्दानीको पुरक श्रोतको रुपमा मात्र खालि श्रम गर्दछ।जो किसानहरुको शोषणमा बाँच्दछ।जमिनको
कुत असुल गरेर बाँचेको हुन्छ।त्यस बाहेक उसले पैसा सापट दिने ज्यामि लगाउने अथवा
औधोगिक ब्यापारी कामकाजमा पनि लागेको हुन
सक्छ। तर किसानहरुबाट अन्यायपुर्ण जमिनको कुत असुली उसको मुख्य श्रोत हुन्छ। जातिय
सम्पतिलाई सञ्चालन गर्नु र स्कुल भाडा असुल गर्नु पनि जमिनको कुतबाट भएको शोषणको
श्रेणी हो।
ति ब्यक्तिहरुलाई पनि जमिनदारहरु नै मानिनु पर्छ
जो श्रममा नलागी ठगी र लुटमा अथवा नाता कुटुम्बहरु,मित्रहरुको सहयोगमा जीबन
बिताउछन् भने तिनिहरुको जिवन मध्यम किसानहरुको भन्दा असल छ भने।संग्रामाधिसहरु,नोकरशाहहरु,स्थानीय दमनकारी र खराब
खानदानीहरुले राजनैतिक रुपमा जमिनदार बर्गको प्रतिनिधित्व गर्दछन् र तिनिहरु यसका
सबभन्दा भयानक सदस्यहरु हुन।आफ्नो आम्दानीको मुख्य श्रोत सुदखोरीबाट हुने शोषणमा
भर पर्ने र मध्यम किसानको भन्दा असल अवस्था भएको ब्यक्ति सुदखोर हो त्यस्ता
ब्यक्तिलाई जमिनदार सरहनै ब्यवहार गर्नु पर्दछ।
२.धनी किसान।
साधारणतःधनी किसानहरु संग जमिन हुन्छ तर कुनै कुनै
यस्ता पनि हुन्छन् जोसंग खेति गरेको जग्गाको एक अंश मात्र आफ्नै हुन्छ र बाँकी
चाही कुतमा लिईएको हुन्छ।अझ यस्ता ब्यक्तिहरु पनि हुन्छन् जो संग आफ्नो भन्ने
जग्गा बिल्कुलै हुदैन खेति गरेका सबै जमिन कुतमा लिइएको हुन्छ।साधारणतःधनि
किसानसंग तुलनात्मक रुपमा प्रशस्त उत्पादनका साधनहरु र तरल पुँजी भएको हुन्छ।उसले
आफै श्रम गर्दछ तर नियमित रुपले आफ्नो आम्दानीको एक भाग अथवा मुख्य भाग शोषणमा भर
परेको हुन्छ। धनी किसानले गर्ने मुख्य शोषण ज्यालादारी श्रमलाई हो।यस बाहेक त्यले
कुतद्वारा हुने शोषणको निम्ति आफ्नो जमिनको एक अंश पनि दिएको हुन सक्छ। पैसा सापट
दिन अथवा औधोगीक ब्यापारी कारोवारमा पनि लाग्न सक्छ।धनी किसानहरु मध्ये धेरै जसोले
जातिय सम्पतिहरु पनि सञ्चालन गरेको हुन्छ।खेतालाहरु नलगाइकन आफै परीश्रम गरेका
हुन्छन तर अरु माध्यहरु मार्फत शोषण गरेका हुन्छन। ति ब्यक्तिहरुलाई पनि धनी किसानहरु
सरहनै ब्यवहार गर्नुपर्दछ।धनि किसानहरु नियमित रुपमा शोषणमा लागेका हुन्छन। धेरै
जसो शोषणबाट हुने आम्दानी उसको सम्पुर्ण आम्दानीको प्रमुख भाग हुन्छ।
३.मध्यम किसान।
धेरै मध्यम किसानसँग जमिन हुन्छ।कुनै कुनै
अवस्थाहरुमा उसले कमाएको जग्गाको एक भाग मात्र उसको हुन्छ र बाँकी चाही उसले कुतमा
लिएको हुन्छ।सबै अवस्थामा उसँग आफ्नै पर्याप्त ज्यावलहरु हुन्छन्।मध्यम किसान
पुर्ण रुपले अथवा मुख्य रुपले आफ्नो आम्दानीको श्रोत आफ्नै श्रममा भर परेको
हुन्छ।साधारण हिसाबले उसले अरु मानिसहरुलाई शोषण गरेको हुँदैन।धेरै जसो उ अरु
मानिसहरु द्वारा शोषित भएको हुन्छ र उसले ऋर्ण बापत जमिनको कुतको एक सानो भाग
ब्याज तिर्नु परेको हुन्छ।मध्यम किसानले साधारणतया आफ्नो श्रम शक्तिलाई
बेच्दैन।मध्यम किसानहरुको एक भागले अरु मानिसहरुलाई केही शोषण पनि गरेको हुन्छ तर
यो उसको नियमित र प्रमुख पेशा होइन।
४.गरीब किसान।
कुनै कुनै अवस्थामा गरीब किसान सँग उसले
कमाइराखेको जग्गाको एक भाग आफ्नै हुन्छ।उसँग ज्यावलहरुको एक अपुरो जोडा हुन्छ। अरु
अवस्थामा उसँग बिल्कुलै आफ्नो जग्गा हुदैन।साधारण हिसाबले गरीब किसानले आवादीको
लागी जग्गा कुतमा लिनु परेको हुन्छ।गरीब किसानले जग्गाको कुत र ऋर्ण बापत ब्याज
तिर्नु पर्दछ।आफ्नो सानो भाग ज्यालामा लगाउनु परेको हुन्छ।मध्यम किसानले आफ्नो
श्रम शक्तिलाई बेच्नु परेको हुदैन तर गरीव किसानले श्रमको सानो भाग बेच्नु परेको
हुन्छ।समग्रमा गरीब किसान अरुबाट शोषित भएको हुन्छ।
५.मजदुर।
साधारणतः मजदुरसंग–खेताला किसानहरु
समेत–आफ्नो कुनै जमिन
अथवा ज्याबल हुदैन। कुनै कुनै अवस्थामा मात्र त्योसंग थोरै जमिन र केही ज्यावलहरु
हुन्छन्। मजदुरले आफ्नो जीविका सम्पुर्ण रुपले आफ्नो श्रम शक्तिलाई बेचेर चलाउछ।
यो लेख क.मुक्तिले अनुवाद
गर्नु भएको हो।
क.मुक्ति