नेपाल–लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी
जलविद्युत आयोजनाको जलाशय भरिने चरणमा पुगेको छ । अधिकारीहरुका अनुसार अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना बताएका
छन् । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १
हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको छ । जलाधार क्षेत्रमा
भारी वर्षा भएकाले बाढी आएर कुलेखानी भरिने चरणमा पुगेको हो । जलाशय भरिएपछि माथिबाटै ओभरफ्लो भएर पानी जान्छ तर आकस्मिक अवस्था आए बाँधको गेट पनि खोल्ने
गरीएको छ । पानीको सतह बढदै जाँदा तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।