नेपाल— काठमाडौँमा भएको खेलमा नेपाली राष्ट्रिय महिला
फुटबल टिम फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा
आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल
फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको
१/१ गोल भएको थियो । मध्यान्तरपछिको खेलमा नेपालकी
रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । रेखाले रातो कार्ड पाएपछि
नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । भारतले गोलको खुसी मनाइरहेको
अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई
मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म
खेल रोकिएको थियो । खेल पुनः सुरु भए लगत्तै नेपालकी सावित्रा
भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई १/१ गोलको
बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल
टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा नेपालले ४ तथा
भारतले २ वटा मात्र गोल गर्न सक्यो । अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।