नेपाल–मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका
घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । एकजनाको उपचार चलिरहेको बताइएको छ । मृत्यु
हुनेमा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेम बहादुर ब्लोन रहेका बताइएको
छ । उनीहरूको उपचारका क्रममा हेटौँडा अस्पतालमा
मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिए । शनिबार बिहान कान्ति लोकपथअन्तर्गत
बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा कार भिरबाट खसेको थियो ।
ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी
४ सय मिटर तल खस्दा तीनजना घाइते भएका थिए।