नेपाल–आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई
वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। शनिबार अपराह्न महाशाखाले
विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी गराएको
छ । बर्षा र हिमपातले चिसो बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ।अधिकारीहरुका अनुसार
आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी
भूभागमा हिमपात हुने छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा
हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन।अहिले नेपालमा
पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली
पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने बताइएको छ।