नेपाल–अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र
दोस्रो पटक तीन दिने भ्रमणमा चीन गएका छन् । दुई देशका विदेशमन्त्रीहरू बिच
शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् । उक्त भेटमा चिनियाँ
विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा
अमेरिकाले "सीमा नाघ्न नहुने" बताएका छन् । चिनियाँ
विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भने चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता
कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ ? उनको उक्त भनाइलाई कूटनीतिक रूपमा बढी
चेतावनीपूर्ण जस्तो देखिएको जानकारहरुले बताएका छन् । उनले थप भने
चीन-अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि "नकारात्मक कुराहरू"ले
गर्दा त्यसको परीक्षण भइरहेको बताए । शुक्रवारै चिनिया राष्ट्रपतिले ब्लिङ्कनलाई
अमेरिका र चीन "प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्ने" बताएका छन् । विदेशमन्त्रीले दुवै देशहरूले सहकार्य गर्नुपर्ने त्यस्तो नभए टकराव हुने र
त्यसले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका थिएका छन् । भेटको क्रममा चीनको मुख्य चासो र चिन्ता उसको सम्प्रभुता, सुरक्षा र विकास भएकाले त्यसलाई ननाघ्न अमेरिकालाई चेतावनी दिएका छन् ।