बिशाल नेपाल
कम्युनिस्ट पार्टीले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालका अध्यक्ष क फणीन्द्र
नेपाललाई पार्टीको सम्पर्क कार्यालयमा एक महत्वपुर्ण कार्यक्रमको आयोजना गरी आज सम्मान
गरेको छ । भारतिय स्थल सेनाध्यक्ष उपेन्द्र व्दिवेदी नेपाली सेनाको मानार्थ
महारथीको सम्मान लिन ५ दिने नेपाल भ्रमणमा आएको वेला क. फर्णिन्द्र नेपाललाई
प्रहरी प्रशासनले गिरफ्तार गरेको थियो । समग्र देशभक्त नेपाली जनताको प्रतिनिधित्व
गरी चासो चिन्ता र बिरोध स्वरुप मोर्चाको तर्फवाट प्रेस विज्ञप्ति सार्वजनिक गर्नु
भएको थियो । बिज्ञप्ति सार्वजनिक गरेकै कारण उहाँलाई बिनाकारण प्रहरी प्रशासनले
गिरफ्तार गरेको थियो । एक देशभक्त नेतृत्वको बिनाकारण गिरफ्तारीलाई लिएर तिव्र
बिरोध भएको थियो जसले गर्दा ६ घण्टा मात्रै राखि ससम्मान रिहा गर्न प्रशासन बाध्य
भएको थियो । क. फणिन्द्र नेपालको गीरफ्तारीका बिरुद्ध बिशाल
नेपाल कम्युनिस्ट पार्टीले बिरोध गर्दै तत्काल रिहा गर्न अन्यथा प्रतिरोध गर्ने
चेतावनी सहितको प्रेस विज्ञप्ती सार्वजनिक समेत गरेको थियो । आजको उक्त सम्मान
कार्यक्रममा बिशाल नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य क. सफल क. वकिल क. निर्माण क. विवेकले खादा र अविर लगाएर
भब्य सम्मान गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन क. विवेकले गर्नु भएको हो ।
कार्यक्रममा आधा दर्जन पार्टी केन्द्रिय सदस्यहरुका साथै जवसका नेता कार्यकर्ताहरुको
समेत उपस्थिति रहेको बताइएको छ । सम्मान कार्यक्रममा आफ्नो छोटो भनाइ राख्दै क. फणीन्द्र नेपालले आफ्नो गिरफ्तारी भारतको ठाडो निर्देशनमा भएको र आजको सम्मान
कार्यक्रमले आफुलाई निक्कै ठुलो हौसला दिएको समेत वताउनु भयो साथै पार्टी र
मोर्चाको सप्नालाई पुरा गर्न जस्तो सुकै पहल र वाटो हिडन तयार हुन उपस्थित नेता
कार्यकर्तालाई बिशेष अनुरोध समेत गर्नु भएको थियो ।