प्रधानमन्त्रीमा तेस्रो पटक दाहाल नियुक्त ।

Dec Sun 2022 01:47:50

प्रधानमन्त्रीमा तेस्रो पटक दाहाल नियुक्त ।

काठमाडौँप्रतिनिधि सभा,प्रदेशसभा र स्थानिय तहको चुनाबमा गठबन्दन गरेका नेपाली कांग्रेस,नेकपा (माओवादी),एनेकपा (समाजवादी) र जनमोर्चा नेपाल लगाएतका पार्टी बिचको सत्ता सहकार्य अन्तत सरकार गठन बारे देउवा र प्रचण्ड बिचको कुरा नमिल्दा भत्किएको छ । प्रतिनिधिसभाको चुनाब पछि सरकारको नेतृत्व देउवाले प्रचण्डलाई हस्तान्तरण गर्न तयार नभएपछि गठबन्धन अन्तीममा आएर भत्कीएको हो । कांग्रेसले राष्ट्रिपति,प्रधानमन्त्री आफै राख्ने अडानबाट पछि नहटेपछि सरकार गठनको अन्तीम समयमा आएर प्रचण्डले एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले प्रधानमन्त्रीमा समर्थन गर्दै सरकार गठनमा नयाँ गठबन्धन बनेको हो। चुनावी मत परिणाम अनुसार नेकपा (माओवादी) संसदिय दलमा तेस्रो पार्टी बनेपनि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन । संसदमा पनि तेस्रो पार्टी प्रधानमन्त्रीमा पनि तेस्रो पटक नियुक्त भएका प्रचण्डका अगाडि चुनौतिको चाँग छ । अझ केपी ओलिले नेतृत्व गरेको एमाले सँगको आलो पालो सत्ता समिकरणले पनि झनै प्रचण्डलाई सजिलो हुने छैन । शान्ति प्रकृयापछि संसदीय राजनीतिमा होमिएको प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) अधिकांस समय सत्तामै भएपनि स्थानिय तह देखि केन्द्र सम्म दिन प्रतिदिन कम्जोर बन्दै गएको छ । एकातिर जनअपेक्षा अनुसार काम गर्न नसक्दा धेरैपटक सत्तामा रहँदा पनि माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड चौतर्फी आलोचित र अलोकप्रीय बन्दै गएको छ भने अर्कोतिर शान्ति प्रकृयाका बाँकिकाम जस्ताका तस्तैछन् । छोटो समयमै जनताको निक्कै ठुलो बलिदान र अपेक्षा सहित प्रचण्ड नेतृत्वको माओवादी पार्टी एक शक्तिका साथ उदायो र अस्ताउदै पनि गएको छ । यस्तो बेला प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीको कुर्चिमा पुगेकाछन र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?