नेपाल–पुँजीवादको औधोगिक उपयुगको दायरा
ब्यापक भए सगै पुँजीपति बर्गले सञ्चालन गरेका कलकारखानामा कार्यरत लाखौ करोडौ
मजदुरहरु माथि अमानविय शोषण बढदै गयो । मजदुरहरुले २० सौँ घण्टा काम गर्थे तर एक
छाक खान पुग्ने समेत ज्याला पाउदैन थिए उक्त पुँजीपति बर्गको चरम शोषण र
अत्याचारका बिरुद्ध आम मजदुरहरुले संघर्षको प्रारम्भ गरे । संघर्षको मुख्य नारा हरेक
दिन आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्नको
ब्यवस्था हुनुपर्ने थियो । सिकागो सहरका मजदुरहरुले उक्त माग गर्दै आन्दोलिन गरेका
थिए । आन्दोलनले श्रमिकहरूको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र
सुविधा राज्यपक्षबाट सम्बोधन हुनुपर्ने मागसमेत
उठाएको थियो । आन्दोलनमा ब्यापक प्रहरी दमन भए पछि केही मजदुरले ज्यान गुमाएका थिए । तर अन्त्यमा मजदुरहरुकै जित भएको थियो । त्यसैको सम्झनास्वरूप १८८९ मा फ्रान्सको राजधानी पेरिसमा भेला भएका मजदुर संगठन र त्यसका नेताहरूको बैठकले विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउने निर्णय गरेको थियो
। सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय
श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाउने निर्णय गरेका थिए । अमेरिकाको सिकागो सहरस्थित हेमार्केटमा १८८६
मा भएको आन्दोलनमा पीडित मजदुरहरूको सम्झना स्वरूप मजदुर दिवस मनाउने निर्णय
गरिएको थियो । आज पनि दुनिया भरी
पुँजीवादले करोडौँ मजदुरहरुलाई बिभिन्न नाममा शोषण गरीराखेको छ शोषणकारी पुँजीवादी
ब्यवस्थाका बिरुद्ध बिश्व भरीका मजदुरहरुले निरन्तर लडनुपर्ने देखिन्छ ।