चार महिनामा चार सय सतहत्तर जनाले ज्यान गुमाए ।

Dec Tue 2024 02:29:46

चार महिनामा चार सय सतहत्तर जनाले ज्यान गुमाए ।

नेपाल देशको अर्थतन्त्र बिप्रेशणमा टिकिरहेको छ । स्वदेशमा रोजगारीको सम्भावना नहुदाँ लाखौँ नेपाली बिभिन्न देशमा कानुनी र गैरकानुनी रुपमा पुगी राखेकाछन् । ति लाखौँ नेपालीहरुले पठाएको बिप्रेशणबाट देशको अर्थतन्त्र चलि राखेको छ तर त्यसभित्र पीडादायी पाटो अत्यन्तै डरलाग्दो छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुको अकालमै निधन हुने विनाकसुर जेलजिवन कटाउनु पर्ने न्युन ज्याला श्रम गर्नुपर्ने र आधारभुत श्रमिक अधिकारबाट समेत बञ्चित बन्नु पर्ने लगाएतका समस्याहरु छन् । सरकार भने जसरी भएपनि नेपालीहरुलाई देशबाट बिदेशमा पठाउन हतारो गर्छ तर यसको ठुलो मुल्य परीवार समाज र देशले चुकाउने निस्चित छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीमा ४७७ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै रहेको छ । वैदेशिक रोजगारीमा मृत्युको संख्या बढनुको एउटा कारण भनेक वैदेशिक रोजगारीमा जानेहरुलाई पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको अधिकारीहरु बताउछन् । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको कात्तिकसम्म १३ हजार ८२३ जनाले ज्यान गुमाएका छन् । साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढी नेपालीहरुले ज्यान गुमाएका छन् । चालु आवको चार महिनामा दुई लाख ४२ हजार ५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषण करिब छ खर्ब हाराहारी विप्रेषण भित्रिएको देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?