नेपाल– पर्यावरणिय समस्याले गर्दा खनिज इन्धनलाई
क्रमशः निरुत्साहित गर्दै लैजाने विश्वव्यापी दबाब र आवश्यकता छ । आणविक ऊर्जामा
जटिलता छ त्यसकारण उर्जाको बिकल्प ग्रिनहाइड्रोजन उत्पादनमा नवीकरणीय ऊर्जा प्रयोग
गर्नुपर्ने एकप्रकारको बाध्यता बनेको छ । हाइड्रोजन अत्यन्त ज्वलनशील ग्याँस हो ।
हाइड्रोजन उत्पादन गर्ने विभिन्न तरिका छन् । जसमध्ये पानीलाई रासायनिक विच्छेदन
(इलेक्ट्रोलाइसिस) गरी हाइड्रोजन प्राप्त गर्ने विधि सरल र वातावरणमैत्री बन्ने
बैज्ञानिकहरुको निस्कर्ष छ। जसको लागि विद्युत्को आवश्यकता पर्छ त्यसलाई ग्रीन
हाइड्रोजन भनिन्छ ।जलबाट उत्पादित विद्युत् सञ्चयका लागि ग्रीन हाइड्रोजन उपयुक्त
विकल्प हो ।ऊर्जाको रूपमा तरल हाइड्रोजन रकेट इन्जिनमा धेरै पहिले प्रयोगमा
आइसकेको छ। जलवायु परिवर्तनका असर टड्कारो रूपमा देखा पर्दै जाँदा खनिज इन्धनको
विकल्प खोजी हुन थाले सँगै ग्रिन हाइड्रोजन उर्जाको खोजि र महत्व बढेको छ। खासगरी, हाइड्रोजनबाट चल्ने यातायातका साधनहरू कारदेखि
रेल, हवाईजहाज सम्म यो उर्जाको सफल परीक्षण भइसकेका छन् । केही महँगो भए पनि
प्रदूषण मुक्त (धुवाँ र ध्वनि रहित) भएकाले हाइड्रोजन सवारी साधनमा आकर्षण बढदो छ
।सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न विश्व बजारमा ग्रीन हाइड्रोजन
विशाल मात्रामा चाहिन्छ जसको सम्भावना नेपालमा ब्यापक छ। बेल्जियममा मुख्यालय
रहेको वल्र्ड हाइड्रोजन काउन्सिलको अनुमान अनुसार सन् २०३० सम्ममा ग्रीन
हाइड्रोजनको विश्व बजारमा माग प्रति वर्ष ४ करोड टन पुग्ने बताएको छ।