नेपाल–नेपाल आयल निगमले पेट्रोल र डिजेलको
मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको जनाएको छ।सोमबार
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू
हुनेगरी मूल्य घटाएको छ। मुल्य घटेसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य
प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम हुनेछ भने सुर्खेत र दाङमा
पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य
प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ हुनेछ।