नेपाल–सरकारले दुध उत्पादक किसानहरुको
माग सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान
संगठन,
केन्द्रिय
दुग्ध सहकारी संघ,
नेपाल
दुग्ध व्यवसायी संघ लगायत १५ वटा किसान संगठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा
गरेका छन् । आन्दोलन घोषणा गर्ने किसानहरुले
दुध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान
गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको बताएका छन् । किसानहरुले उत्पादित दुधमध्ये ५ देखि ६ लाख
लिटर दुध बिक्री वितरण हुन नसकेको र भारतबाट अवैधरुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ
सस्तो मूल्यमा आयात भएको कारण नेपाली किसानले उत्पादन गरेको दुध बिक्री नभएको बताए । आन्दोलनको घोषणा गरेका किसान संगठनहरुले
संयुक्त रुपमा १६ बुँदे माग समेत अघि सारेका छन् । उनीहरुले दुधको भुक्तानी गर्न
बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न र किसानले उत्पादन गरेको सम्पूर्ण दुध
खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । किसानहरुले भारतबाट दुध र दुधजन्य पदार्थ
आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् । दुधको खरिद मूल्यमात्र निर्धारण
गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नुपर्ने उनीहरुको माग छ ।