युरोमा किसानहरु आन्दोलनमा।

Feb Sun 2024 01:38:05

नेपालयुरोपका किसानहरु यतिबेला सडक आन्दोलनमा छन्। जलवायु परिवर्तन नियमन सम्बन्धी नयाँ कानुन र कृषिसम्बन्धी पुरानो कानुनको विरोधमा युरोपमा किसानहरु आन्दोलित बनेका हुन । किसानहरुले युरोपेली संसदअघि प्रदर्शनका साथै मुख्य राजमार्गहरु अवरोध गरिरहेका छन् । कृषि पेशामा पाउदै आएको सहुलियत कटौती हुँदा किसानहरु आन्दोलित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। फ्रान्सबाट सुरु भएको किसान आन्दोलन अहिले इटालीस्पेनरोमानियापोल्याण्डग्रीसजर्मनीपोर्चुगल र नेदरल्याण्ड्स सम्म फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?