नेपाल–नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिम टि २०
सिरिजमा लगातार चौथो पटक पराजित भएको छ।बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टी-२०
आई सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको हो। यसअघि गत
अक्टोबरमा नेपाल, हङकङ र युएईबीच मूलपानी र टियुमा त्रिकोणात्मक
टी-२० आई सिरिज भएको थियो जसमा फाइनलमा युएईसँग ४ विकेटले हार्न पुगेको थियो। नोभेम्बरमा आईसीसी
टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो
।दुई साताअघि नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक
टी-२० आई सिरिज टीयुमा भएको खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले
१९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेर नेपाललाई पराजित गरेको थियो।