हुनत नेपालमा साम्राज्यवाद र भारतिय बिस्तारवादको हस्तक्षेप नयाँ र पहिलो पटक भएको भने होइन । अंग्रेज साम्राज्यवाद संगको नेपाल अंग्रेज युद्ध र त्यस पस्चात भएको सुगौंली सन्धीले नेपाल माथि साम्राज्यवादको हस्तक्षेप नाँगो रुपमा बढेर गएको थियो पछि अंग्रेज भारत बाट गएपछि भारतले नेपाल माथि आफ्नो बिस्तारवादी अबधारणा बिस्तारित गर्यो र नेपाललाई आफ्नो अधिनस्त बनाउन लागि पर्यो । यो नियति बाट नेपालका सबै देशभक्त जनता मुक्ति खोजी रहेकाछन् तर जित हाँसील भएको छैन मतलव बैदेसिक हस्तक्षेपका बिरुद्ध राष्ट्रिय स्वाधिन्ताको मुक्ति आन्दोलन जारी छ जितीएको छैन अथवा सहि अर्थमा सुरु भएको छैन । पछिल्लो चरण नेपाललाई रणनैतिक इलाकाको रुपमा अथवा क्षेत्रको रुपमा बिकास गर्न अमेरीकि साम्राज्यवाद ज्यान फालेर लागेको छ र ब्यापक देशभक्त जनताको बिरोधका बावजुत पनि निर्णाय आन्दोलन गर्न नसक्दा सदनबाट यमसिसि पारित भयो र एसपीपी सम्झौता गुपचुप सदर गरिएको छ । अमेरीकाले एमसिसि र एसपीपी सम्झौता सम्वन्धी आम जनताले जानकारी पाउनु भन्दा पहिला नेपाल २०।२४ घण्टा लोड सेडिगंमा चलि राखेको थियो । नेपाल जलस्रोतको क्षेत्रमा बिश्वकै दोस्रो धनि भएपनि नेपालका खोला नाला माथि भारतको एकाधिकार कायम गरिएको छ नेपाललाई चाहिने १५।१६ सय मेगावाट बत्ति समेत नेपालले बनाउन नचाहेर सिंगो देशलाई अन्धकारमा राखिएको थियो र केहि घण्टा आउने बत्ति पनि भारतबाट महंगो मुल्यमा खरिद गरेर राष्ट्रको ढुकुटि भारतलाई पठाईएको थियो त्यहि बिचमा कुलमान घिसिगं भन्ने पात्र बिधुत प्राधिकरणको प्रमुख नियुक्त भए उनि नियुक्त भएको केहि महिना भित्र देशका थुप्रै ठाउँमा बत्ति नपुग्दै देशलाई लोड सेडिगं मुक्त घोषणा गरियो र शहरी इलाका तिर बत्तिको ब्यवस्था गरियो । यो गर्नमा पनि भारतबाट निक्कै ठुलो मात्रामा बिद्युत आयात गरिएको थियो र हाल पनि उक्त कार्य जारि छ । यो कुरा किन जोडिएको हो भने देशको ठुलो भाग बिद्युतिकरण बाट आज पनि बञ्चीत छ देशका प्राय सवै नदी नालाहरु भारतको अधिनमा छन भारतबाटै बत्ति ल्याएर सहरी इलाकाहरुलाई देखाएर देशलाई लोडसेडिगं मुक्त घोषणा गरिएको छ जव यो लोडसेडिगंको प्रचारवाजी भित्र अमेरिकाले नेपालको जलस्रोत कब्जा गर्न एमसिसिको योजना बलियो सँग फीजाई राखेको थियो । एकातिर शहरहरु लोडसेडिगं मुक्त घोषणा भए अर्कोतिर अमेरीका नेपालको जलस्रोत कब्जा गर्न एमसिसिको जाल ल्याएर आईपुग्यो र नेपालको बिद्युत प्रसारणमा आफ्नो एकाधिकार कायम गर्ने र अन्त्यमा नेपालको सबै जलस्रोत कब्जा गर्ने मिसनमा लागि परेको छ । देश एमसिसिको बिरोधमा उठि रहेको बेला लडिरहेको बेला बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिगं टुलुटुल हेरेर बसे र जवाफ बिहिन बनेर रहे यो गर्नु कुनै अपवादको कुरा थिएन बरु योजनाको कुरा थियो सायद यो कुरा नेपाली जनताले बिस्तारै बुझनेछन् र शंखरापुरको आन्दोलनले थप उजागर गरेको छ र बुझ्दै छन् । सम्योगको कुरा भनौ या मिसनको लामो समय अमेरीकामा बसेर अमेरीकाकै नागरिक बनि सकेका वर्तमान गृहमन्त्री रबि लामिछाने केहि बर्ष पहिला नेपाली मीडिया क्षेत्रमा देखिए मिडिया बाट जनताका समस्या उठाएको नाटक गरेर गत ६ महिना पहिला राष्ट्रिय स्वतन्त्र राजनीतिक पार्टी खोले र भरखर सम्पन्न भएको संघिय चुनावमा उनले नेतृत्व गरेको पार्टी संख्याको रुपमा संसदमा चौथो पार्टी बनेको छ भने यतिवेला गृहमन्त्री रवी बनेकाछन् । रवीको यो यात्रा धेरै मान्छेका लागि स्वभाविक लागेको होला तर उनि निक्कै ठुलो साम्राज्यवादी मिसनमा भएको सायद कमैले थाहा पाएकाछन र आम जनताले थाहपाउन केहि समय कुर्नु अवश्य पर्नेछ । उता कुलमान बिद्युत प्राधिकरणको प्रमुख यता रवी नयाँ पार्टी खोलेर सरकारको गृहमन्त्री यहि बेला एमसिसिले बनाउने बिद्युत सब स्टेसन निर्माणका लागि टेण्डर आब्हान गरि काठमाडौँको शंखरापुरका जनतालाई पुलिस प्रशासनको घेरामा हालेर जमिन अधिकरण गरि सर्वे गर्नु कुनै सामान्य घटना होइन । यो साम्राज्यवादको मिशन हो जसलाई पुरा गर्न साम्राज्यवादले नयाँ अनुहार र तरीका राजेको छ । अवको नेपाली राष्ट्रिय स्वाधिन्ता र बर्ग संघर्षको मुक्ति लडाई यी नवदलाल बिरुद्ध सोझिने र हुनेमा कुने संका नगरौँ । बेलैमा जनताले भ्रमका पर्दाहरु तोडनु पर्दछ ।
क.मुक्ति ।