कम्युनिस्ट स्कुल भाग–३ अन्तरगत कम्युनिस्ट घोषणा पत्रमा उल्लेखित पुँजीजीवी र सर्वहारा लेखको बाँकी भागलाई क्रमस उल्लेख गर्न पाठक समक्ष अनुमति चाहन्छु । अतितमा पुँजीजीवीवर्गले निकै क्रान्तिकारी भुमिका खेलेको थियो । पुँजीजीवीवर्गले जहाँ सत्ता प्राप्त गर्यो त्यहाँ सर्वत्र नै सामन्तवादी पितृसत्तात्मक र भाबुकतापुर्ण सबै संबन्धहरुको अन्तय गरिदियो । यसले मानिसलाई स्वाभाविक प्रभु भनाउँदाहरुसँग बाँधिराख्ने अनेक प्रकारका सामन्ती बन्धनहरुलाई निष्ठुरतापुर्वक चुँडालिदियो र निर्दली नगदानगद को नग्नस्वार्थको ब्यवहारवाहेक मानिसहरुबिच अरु कुनै सम्वन्ध बाँकी राखेन । उच्चतम धार्मिक भावनाको पवित्र डर वीरोचित उत्साह र सङकुचित भावुकतालाई यसले स्वार्थि हिसाब कितावको बर्फीलो पानीमा डुवाइदियो । मनुष्यको ब्यक्तिगत गुणलाई युसले बिनिमय मुल्यमा परिणत गरिदियो र पहिलेका असंख्य प्रदत्त तथा आर्जित स्वतन्त्रताहरुको ठाउँमा ब्यापारको एउटै मात्र बिवेकरहित स्वतन्त्रतालाई स्थापित गर्यो । संक्षेपमा धार्मिक र राजनितिक इन्द्रजालले ढाकिएको शोषणको ठाउँमा यसले नग्न निर्लज्ज प्रत्यक्ष र पाशविक शोषण खडा गर्यो । जुन पेशालाई अहिलेसम्म आदर र श्रद्धाको दृष्टिले हेरिन्थ्यो ती सबैको प्रभामण्डललाई पुँजीजीवीवर्गले फिका पारिदियो । डाक्टर वकिल पुरोहीत कवि बैज्ञानिक सबैलाई यसले वेतन भोगी कर्मचारी बनाइदियो ।
पुँजीजीवीबर्गले पारिवारिक सम्वन्धबाट आत्मीय भावुकताको पर्दा च्यातेर यसलाई केवल पैँसाको सम्वन्धमा परिणत गरिदियो । मध्ययुगको क्रुर शक्ति प्रदर्शन जसको यति बढि मात्रामा प्रतिक्रियावादी गर्वसाथ प्रशंसा गर्दथे आलस्य र अकर्मण्यताको स्वाभाविक अनुपूरकमात्र हो भन्ने पुँजीजीवीवर्गले प्रत्यक्ष गरिदियो । मानव परिश्रमले के के गर्न सक्दछ भन्ने पनि पुँजीजीवीवर्गले प्रत्यक्ष गरिदियो । मानव परिश्रमले के के गर्न सक्दछ भन्ने पनि पुँजीजीवीवर्गले नै सबभन्दा पहिले देखाइदियो । उसले कलाका यस्ता चमत्कारहरुको निर्माण गर्यो जुन मिश्रको पिरामिड रोमको नहर प्रणाली र गोथिक देवालय भन्दा बेग्लै किसिमका थिए । उसले जनताहरुको स्थानान्तरण र धार्मीक अभियानहरु भन्दा अर्कै अभियानहरुको आयोजना गर्यो । उत्पादनका साधनहरुमा निरन्तर परिवर्तन बेगर अनि यसको फलस्वरुप उत्पादन सम्वन्धको साथसाथै समाजको सारा सम्वन्धहरुमा क्रान्तिकारी परिवर्तनवेगर पुँजीजीवीवर्ग बाँच्न सक्दैन । यसको विपरीत पहिलेका सबै औद्योगिकबर्गहरुको अस्तित्वको पहिलो शर्त चाहीँ पुरानो उत्पादन पद्धतिलाई ज्युँकात्युँ संरक्षण गर्नुमा नै निहित थियो । उत्पादन प्रणालीमा निरन्तर परिवर्तन सबै सामाजिक सम्वन्धहरुको अनवरत उथल पुथल सधैँको अनिश्चतता र अस्थिरताले नै पुँजीवादीयुगलाई पहिलेका अरु सबै युगहरुबाट छुट्याउँछन् । युगौँदेखि पवित्र मानिएका तमाम पुर्वाग्रह र धारणाहरुसहित सबै जीर्ण र जड सम्वन्धहरु नष्ट हुन्छन । उत्पन्न भएका सबै नयाँ सम्वन्धहरु पनि जरा हाल्न नपाउँदै पुराना भइसकेका हुन्छन । श्रेणीबद्ध र स्थिर मानिएका सबै बस्तुहरु बिलाउँछन् । सवै पवित्र कुराहरु भ्रष्ट हुन्छन् र अन्त्यमा मानिसहरु आफ्नो जीवनको बास्तविक अवस्था र आफ्ना पारस्परिक सम्वन्धहरुलाई गम्भीर दृष्टिले हेर्न हुन जान्छन् । आफ्ना बस्तुहरुको निमित्त निरन्तर बिस्तृत बजारको आवश्यकताले पुँजीजीवीवर्गलाई संसारको कुना कुनासम्म दौडाउँछ उ सवैतिर घुस्छ सबैतिर जरो गाड्छ र सबैतिर सम्पर्क राख्छ । बाँकी अर्को भागमा निरन्तर्ता दिईने छ ।
क मुक्ती