यतिबेला बिश्व कम्युनिस्ट आन्दोलन र त्यसको अभिन्न अंग नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको छ । एकातिर मौजुदा भुमण्डलीकृत पुँजीवाद अर्थ राजनैतिक रुपमा चरम संकटमा पर्दैछ अर्को तिर त्यसको बिकल्प कम्युनिस्ट आन्दोलन बिश्व ब्यापी बैचारीक,राजनैतिक र संगठित रुपमा अत्यन्तै कम्जोर अवस्थामा छ । कम्युनिस्ट आन्दोलनलाई बलसाली बनाउन बिश्वब्यापी पहल जारीछन् तर फलदायी बन्न सकिरहेको छैन । यसो हुनुमा थुप्रै कारणहरु छन र होलान तर मुख्य कारण बदलीयको परिवेश अनुसार मालेमाबादको प्रयोग र बिकास जरुरत छ । बदलीएको परिवेशअनुसार मालेमाबादको बिकास गर्न बैचारीकरुपमा मालेमाबादको गहिरो अध्ययन,अनुसन्धान अपरीहार्य बिषय हो तर मालेमाबादको अध्ययन कम्युनिस्ट बन्न चाहनेहरु भन्दा बढि बर्जुवाबादी र नवसंसोधनवादीहरुले गर्ने र त्यसको भ्रष्टिकरण गरेर बर्गसंघर्षलाई भुत्तेपार्ने अभियान बिश्व ब्यापी चलेको छ चलाईएको छ । ति नवसंसोधनबादीहरुको पहिलो पाईला र तर्क भनेको बदलीएको परिवेश अनुसार मालेमाबादको सृजनात्मक बिकास जरुरी छ भनेर सब्दजाल बनाउछन् र कालान्तरमा बर्गसंघर्ष र सर्वहाराबर्गको अधिनायकत्वलाई भुत्ते पार्दछन् । यस्ता नवसंसोधनवादीहरुको बिश्वब्यापी ठुलो सञ्जाल बनेको छ त्यसका थुप्रै पात्रहरु नेपालमा समेत राजनैतिक रंगमञ्चमा बेग्रेल्तीछन् । मुलत मालेमाबादको बिकासका निम्ती सवै भन्दा पहिला र बढि अध्ययन अनुसन्धानको जिम्मा सच्चा कम्युनिस्ट पार्टी संगठन र त्यसको नेतृत्वगणको हुनुपर्दछ पथ्र्यो तर त्यो हुन सकि राखेको छैन जसकारण बिश्व कम्युनिस्ट आन्दोलन र त्यसको अभिन्न अंग नेपाली कम्युनिस्ट आन्दोलन कम्जोर अवस्थामा छ । अव यो संकटलाई हल गर्न हरेक कम्युनिस्टहरुले सैधान्तीक रुपमा मालेमाबादको गहिरो अध्ययन अनुसन्धान गर्न जरुरी छ । सैधान्तीक र राजनैतिक रुपमा सचेत र प्रस्ट नबनि अवको कम्युनिस्ट आन्दोलने सहि बाटो पक्डन सक्नेछैन भन्ने हेतुले कम्युनिस्ट स्कुल भन्ने सृखला हामीले चलाउन खोजेका हौँ । त्यसको प्रारम्भ कम्युनिस्ट घोषणापत्र बाट गरिएको छ । त्यहि सृखला अन्तरगत कम्युनिस्ट स्कुल भाग २ पाठकहरु माझ प्रस्तुत गर्ने जमर्को गरेकाछौँ ।
१.पुँजीजीवी र सर्बहारा ।
अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास बर्ग संघर्षको इतिहाँस हो । स्वतन्त्र र दास,पेट्रिसियत (घरानियाँ) र प्लेबियन (साधारण प्रजा) सामन्त र भुदास,निपुण कालिगढ र सिकारु कालिगढ अर्थात् संक्षेपमा,उत्पीडक र उत्पीडित निरन्तर नै एकअर्काको बिरोधी रहेका थिए । उनीहरु कहिले लुकीछिपि त कहिले खुल्ला रुपमा परस्पर सङ्घर्ष गर्दै रहन्थे । यस्तो लडाइँ हरेकपल्ट कि त पुरै समाजको क्रान्तिकारी पुनर्गठनद्वारा,कि त सङ्घर्ष गरिरहेका बर्गहरुको पुर्ण बिनासद्वारा हुन्थ्यो । इतिहासको बिगत युगमा हामी प्रायः सबै ठाउँमा समाजलाई पुरा रुपले समाजिक श्रेणीहरुमा बाँडिएको पाउँछौँ अर्थात् बिभिन्न सामाजिक स्तरहरुको सिङ्गै सिँढि देख्दछौँ । प्राचीन रोममा प्ट्रिसियन (घरानियाँ) सामन्त,प्लेबियन (साधारण प्रजा) र दासहरुलाई पाउँछौँ भने मध्ययुगमा सामन्त प्रभु,अधीनस्थ रजौटा,शिल्पशालाका निपुण कालिगढ,सिकारु कालिगढ,भुदासहरु पाइन्छन् । प्रायः यी सबै बर्गहरुमा अध्य बिशेष श्रेणीहरु पनि भएको देखापर्दछ ।
बिध्वस्त सामन्तीसमाजको गर्भबाट पैदा भएको आधुनिक पँुजीवादीसमाजले बर्गीय अन्तरविरोधलाई खतम गरेको छैन । यसले पुरानोको ठाउँमा नयाँ बर्गहरु,उत्पीडनका नयाँ तरीकाहरु र संङ्घर्षका नयाँ रुपहरु मात्र खडा गरिदियो । किन्तु बर्तमान युग अर्थात् पुँजीवादी युगको बिशेषता के हो भने यसले बर्गबिरोधलाई सुबोध बनाईदियो । पुरा समाज नै दुई बिशाल शत्रुतापुर्ण शिविरमा,एकअर्काको बिपरीत खडा रहेका दुई बिशाल बर्गमा अर्थात् पुँजीजीवीबर्ग र सर्बहाराबर्गमा झन् झन् बढ्ता फाट्दै गईरहेको छ । मध्य युगका भुदासहरुबाट प्रारम्भिक सहरहरुका स्वतन्त्र नागरिहरु पैदा भएका थिए । यिनै स्वतन्त्र नागरिकहरुबाट पछि गएर प्रथम पुँजीजीवी तत्वहरुको बिकास भयो । अमेरिकाको खोज र अफ्रिका बरिपरिको समुद्र बाटो पत्ता लगाईनाले उद्दीयमान पुँजीजीवीबर्गको सामुन्ने नयाँ कार्य क्षेत्र खुल्न गयो । पुर्वमा भारत र चीनको बजार,अमेरिकाको औपनिवेशीकरण,उपनिवेशहरुसँगको ब्यापार, बिनिमयका खाधनहरु र बस्तुहरुको उत्पादन बृद्धिले गर्दा बाणिज्य,सामुद्रिक परिवहन र उद्योग धन्धाको बिकासमा अभुतपुर्व प्रोत्साहन पाईयो । यसको फलस्वरुप मरणासन्न सामन्तवादी समाजमा क्रान्तिकारीतत्वको द्रुत बिकास हुन सक्यो । पहिलेको सामन्ती अथवा शिल्पशालारुपी उत्पादन प्रणालीद्वारा अब नयाँ बजारहरुको साथसाथैँ बढ्दैगइरहेको माग पुरा गर्न सकिँदैनथ्यो । यसको स्थान कारखानाले लियो । शिल्पशालाका कालिगढहरुलाई औद्योगिक मध्यमबर्गले पेलेर लग्यो । बिभिन्न सहकारी शिल्पशालाहरुका बीचको श्रमबिभाजनलाई आफ्नो ठाउँ छोडिदियो । तर बजारहरु बढ्दै गए,माग पनि बढ्दै गयो । कारखानाले समेत त्यसको पुर्ति गर्न नसक्ने भयो । अनि बाफ र यन्त्रले औद्योगिक उत्पादनमा क्रान्ति गरिदिए । कारखानाको ठाउँ आधुनिक बिशाल उद्योगले लियो । औद्योगिक अध्यमबर्गको ठाउँ औद्योगिक करोडपतिहरुले,सम्पुर्ण औद्योगिक सैन्यका नाइकेहरुले अर्थात आधुनिक पुँजीपतिहरुले लिए ।
बिशाल उद्ययोगले बिश्व बजारको निर्माण गर्यो । यसको लागि अमेरिकाको खोजले बाटो तयार पारिदिएको थियो । बिश्व बजारले ब्यापार,सामुद्रिक परिवहन र स्थलयातायातका साधनहरुको घनघोर उन्नति गरायो । फेरि यस उन्नतिले उद्योग बिस्तारमा प्रभाब पार्यो । जुन उनुपातमा उद्योग,बाणिज्य,सामुद्रिक परिवहन,रेलमार्गको बृद्धि हुदैँ गयो त्यहि अनुपातमा पुँजीजीवीबर्गले पनि बिकास गर्यो । उसले आफ्नो पुँजी बढायो र मध्य युगको अवशेषस्वरुप रहेका सबैँ बर्गहरुलाई पछिल्तिर धकेलिदियो । यस प्रकारले हामी के देख्छौँ भने आधुनिक पुँजीजीवीबर्ग स्वम् एक लामो बिकास क्रमको उपज हो,उत्पादन र बिनिमय पद्धतिमा भएका अनेक उथल पुथलको परिणाम हो । पुँजीजीवीबर्गको बिकासको हरेक स्तरमा तदनुरुप राजनीतिक सफलता प्राप्त हुदैँ गयो । सामन्तहरुको प्रभुत्वको समयमा यो एउटा उत्पीडितबर्ग थियो । कम्युनहरुमा उसका सशस्त्र तथा स्वशासित सङ्घ थिए । कतै उसका स्वतन्त्र नगर गणतन्त्र थियो,त कतै ऊ राजतन्त्रको अधिनस्थ कर तिर्ने तेस्रो बर्गको रुपमा थियो । पछि कारखानाको जमानामा सामन्तबर्गको बिरोधिको रुपमा अर्धसामन्ती अथवा निरङकुश राजतन्त्रका शक्तिहरुको सहायक भएर उसले काम गर्यो । साथै आमतवरले ठुलठुला राजतन्त्रहरुको त ऊ आधारस्तम्भ नै रहेको थियो । अन्त्यमा बिशाल उद्योग र बिश्वबजारको स्थापना भएपछि आधुनिक प्रतिनिधित्वपुर्ण राज्यमा पुँजीजीवीबर्गले सम्पुर्ण राजनीतिक अधिकार आफ्नो हातमा लिएको छ । आधुनिक राज्यसत्ता भनेको तमाम पुँजीजीवीबर्गको सामान्य कार्यको प्रबन्ध गर्ने समिति मात्र हो । बाँकी अंस अर्को भागमा निरन्तर्ता दिइने छ । कम्युनिस्ट घोषणा पत्र ।
अनुवादक र लेखक क.मुक्ति ।