चीनमा हरेक पाँच बर्षमा हुने गरेको चिनीया कम्युनिष्ट पार्टीको पछिल्लो २०औं
महाधिवेशन गएको अक्टोबर १६ देखि २२ सम्म चलेर सफपलताकासथ सम्पन्न भएको छ । त्यसले
आगामी पाँच बर्षका लागि चिनीया कम्युनिष्ट पार्टीको नेतृत्वको नबिकरण र चयन
गर्नुका साथै चीनलाई अघि बढाउने महत्वपूर्ण र दूरगामी राष्ट्रिय नीतिको पनि
निर्धारण गरेको छ । तर यतिबेला नबिकृत नेतृत्व र नीतिको बारेमाभन्दा बढी ग्रेट हल
अफ द पिपुुलमा चलिरहेको महाधिवेशनको समापनका दिन नेतृत्वमा रहेका चीनका पूर्ब
राष्ट्रपति हु जिन्ताओको अस्वाभाविक जस्तो लाग्ने बहिर्गमनको कुरालाई पश्चिमा र
भारतीय सञ्चार माध्यमहरुले बढी उछालेर सम्प्रेषण गरिरहेका छन् र त्यसलाई चिनीयाँ
कम्युनिष्ट पार्टी भित्र चलेको शक्ति संघर्षकोरुपमा ब्याख्या गर्न खोजिरहेका छन् ।
हुन त महाधिवेशन हुनभन्दा दुइ साताजति अगाडि पनि ती सञ्चार माध्यमहरुले चीनका
राष्टपति तथा पार्टीका महासचिव शी जिनपिङ्ग पक्राउ परेको, सेनाको नियन्त्रणमा रहेको, शक्ति संघर्ष तीब्ररुपमा चलेको आदि जस्ता
कुराहरु निकै उछालेका थिए । तर अधिवेशनको स्थलमा पुग्नु अघि नै ती अनर्गल प्रचार
सामसुम भइसकेका थिए ।
अहिले पनि दुइ
कार्यकाल मात्र पदमा आसीन हुन पाउने चिनीया कम्युनिष्ट पार्टीको बिधानलाई फेरेको र
तेश्रो कार्यकालको लागि पनि चिनीयाँ कम्युनिष्ट पार्टीको महासचिव र चीनको
राष्ट्रपतिमा पुन निर्बाचित भएको हुनाले शी जिनपिङ्गलाई तानाशाहीको दिशामा जान
लागेको र यसै कारणले उनी माओ त्सेतुङ्गको बाटोमा लाग्न थालेको अनुदारबादी
नेताकोरुपमा प्रस्तुत र सम्प्रेषण गर्न थालेको देखिन्छ । अब शी जीवनभरीका निम्ति
नेतृत्वमा रहीरहने बाटो खुलेको प्रचार तिनले जोडतोडका साथ गरिरहेका छन् । बिशेष
गरेर चीनको यो महाधिवेशनले चीनलाई आर्थिक र सामरिकरुपमा शक्तिशाली बनाउने जुन
चौतर्फी तीब्र प्रगतिको खाका खिचेको छ चीनको पछिल्लो बिकास गति र स्थितिलाई हेर्दा
चीन २०४९ सम्ममा बिश्वको सबैभन्दा उन्नत र शक्तिशाली देश बनाउने चिनीयाँ सपना पूरा
हुने प्रबल सम्भावना रहेको देखिन्छ । त्यसरी चीनले सबैलाई पछि पार्ने स्थितिको
आकलन गरेर नै बिश्वमा हाल हुकुम चलाइरहेका शक्तिहरुमा एउटा छटपटी देखिएको छ ।
त्यसैले अहिले चीनलाई लिएर बिश्वमा ठूलो खलबली र हल्ला मच्चाइएको देखिएको छ ।
यद्यपि चीनमा
चौतर्फी ब्यापक बिकास भएको र यो बिकास अझ तीब्र हुने सम्भावना देखिए पनि त्यहाँ
श्रोत साधन बितरणमा देखिएको असमानता, बढ्दो भ्रष्टाचार र कोभिड–१९ महामारीले अर्थ–सामाजिक स्थितिमा परेको नकारात्मक असर जस्ता
गम्भीर चूनौतिहरु बिद्यमान रहेका छन् । यी यथार्थ कुराहरु चिनीयाँ नेतृत्व स्वयंले
पनि औंल्याइदै आएको छ र तिनका बिरुद्ध अनेक किसिमले लड्दै आएको पनि छ । यस क्रममा
चीनले बिकास गतिबिधिलाई अझ उच्चाईमा लैजान बिदेशी लगानी भित्र्याउने खुला र
सुधारका नीतिहरुलाई पनि अगाडि बढाइरहेको छ । त्यसले पार्ने सकारात्मक र नकारात्मक
असरलाई नियमतिरुपमा केलााउने, आकलन गर्ने र के कसरी ब्यवस्थापन गर्ने भन्ने कुरामा पनि उसको ध्यान केन्द्रित
भइरहेको र भ्रष्टाचार बिरुद्धको कडा अभियान पनि जारी रहेको देखिएको छ । यस
स्थितिमा चीन शक्तिशाली भएर आयो भने भावी दिनमा त्यसको बिश्व प्रभाव कस्तो पर्ने
हो भन्ने कुरामा बिश्वका अहिलेसम्मका शक्तिशाली देशहरु निकै जिज्ञाषु र बढी
चिन्तित देखिन्छन् । त्यसैले उनीहरु चीनको सानोतिनो कमजोरीको ‘तील’लाई ‘ताड’ बनाएर प्रस्तुत गर्न निरन्तर उद्यत भइरहन्छन् ।
चीनलाई
अभूतपूर्बरुपमा कायाकल्प गरेर आधुनिक सम्बृद्ध समाजबादी देशको उच्चाईमा पुर्याउने
दृढ संकल्पकासाथ सम्पन्न गरेको बीसौ अधिवेशनको निष्कर्शलाई चिनीयाँ जनताको बिगतको
संघर्षका अनेक उतार चढावका सकारात्मक र नकारात्मक अनुभवका आधारमा ठीक किसिमले अघि
बढाउन चीन सफल हुने बिश्वास धेरैले गरेका छन् । जनबादी गणतन्त्र चीन स्थापना भएको
एक शतक पुग्दा नपुग्दै चीनलाई उच्च स्तरीय समाजबादी चरणको बिकास स्थितिमा पदार्पण
गराउने जुन महान लक्ष चीनले लिएको छ त्यो पूरा गर्ने काम कम चूनौतिपूर्ण छैन ।
यसमा सुसँस्कृति बैचारिक सैद्धान्तिक दृष्टिकोणकासाथै अर्थ–राजनीतिक एबं सामाजिक साँस्कृतिक समानता र
समुन्नतिको दीगो र दीर्घकालीन बिकास परिलक्षित र चरितार्थ भएको हुनु पर्दछ ।
त्यसले चीनले उत्पन्न भइरहेका र हुनसक्ने सबै किसिमका असमानता, अभाव, असुरक्षाका श्रोतहरुलाई अन्त्य र निमिट्यान्न पारेर उच्च र अग्रगामी दिशामा
दृढताकासाथ जानु पर्ने हुन्छ । त्यसैले चीनले आन्तरिक र बाह्य जहाँसुकै पनि शतत
शान्ति र बिकासको खोजी गर्दै यो बिश्वको साझा भबिष्य र बिकासको कुरालाई बढी जोड
दिदै आएको छ र यो अहिलेको २०औं महाधिवेशनले पनि त्यसमा अझ
जोड दिएर बिश्वमा बिकासको नयाँ मानक स्थापना गर्न सबैभन्दा अगाडि हुने उदेश्य
लिएको छ ।
हुन पनि बिश्वका
बस्तुबादी अर्थ–राजनीतिक बिश्लेषकहरु चीनले बितेको २० बर्षयता
अभूतपूर्बरुपमा बिकास गरेको र बितेको १० बर्ष भित्रमा चीनको अर्थ ब्यवस्थाको आकार
दोब्बर भएर अघि बढिरहेको औंल्याउँदैछन् । २०१२ मा शी जिनपिङ्ग पार्टी नेतृत्वमा
आउँदा चीनको जीडीपी ८.५३ ट्रिलियन अर्थात लाख करोड डलर थियो । अहिले त्यो बढेर १७
लाख करोड डलर भन्दा अझ बढी नाँघि सकेको छ । चीनले बिकास स्तरमा जापानलाई त धेरै
पछाडि छोडिसकेको छ र अमेरिकाको एकदमै नजिक पुग्न लागेको छ । त्यसलाई साकार पार्न
चीन भएभरको शक्ति लगाउन अग्रसर देखिन्छ । चिनीयाँ नेतृत्वलाई सफलता र असलफलताका
अनेक अनुभवहरु पनि छन् र थाहा पनि छ कि चूनौतिहरुलाई ब्यवस्थापन गर्न ठूलो सुझबुझ, समर्पण र मेहनत चाहिन्छ । त्यो चिनीयाँ जनताले
दूर र निकट बिगतमा पनि देखाइसकेका छन् । जनगणतन्त्र स्थापनाको एक सय बर्ष पुग्दा
उनीहरु त्यस सपनालाई सफलताकासाथ साकार पार्न सक्षम साबित हुने लक्षणहरु देखा परेका
छन् ।
तर पश्चिमाहरु
हालै चीनको रियल इस्टेट कारोबार र शेयर बजारमा आएको उतार चढावको बेचैनीलाई लिएर
चीनको स्वर्णिम भबिष्यको शीको सपना र यो बेचैनीका बीच चीनले तालमेल मिलाउन सजिलो
छैन र चीनमा ठूलो गडबडी हुनसक्नछ भन्ने आकलन पनि गर्न थालेका छन् । अहिले नै
त्यसको असर देखिन थालेको र ठूला धनीमानीहरु चीन छोडेर भाग्न कोशिश गरिरहेको हल्ला
पनि फिजाइरहेका छन् । उनीहरु सफल हुन्छन् कि हुँदैनन् भनेर उक्साहटपूर्ण कुराकानी
पनि गरिरहेका छन् । यसलाई साबित गर्न बिश्वको चर्चित समाचारपत्र ‘फाइनान्सियल टाइम्स’को हवाला दिदै ठूला घरानाका धनीमानीहरुको
लगानीको हिसाब किताब राख्ने फेमेली अफिस सञ्चालक कानुन ब्यवसायीहरुकहाँ त्यस्ता
मानिसहरुको ताँती लागिरहेको र त्यस्ता मानिसहरु चीनबाट मात्रै होइन हंङ्गकङ्गबाट
पनि भागेर निस्कन चाहन्छन् भनिरहेका छन् । चीनमा दुःखी भएका ? त्यस्ता धनकुवेरहरु अहिलेसम्म चीनबाट मात्रै
भाग्ने गर्दथे र हङ्गकङ्गमा शरण लिन्थे अब त हङ्गकङ्गमा पनि उनीहरु असुरक्षित छन्
र त्यहाँबाट पनि निस्कने छन् किनभने त्यहाँ पनि कथित लोकतन्त्रिक आन्दोलनलाई
दबाइयो भनेर कुरा उछालिरहेका छन् ।
यसै क्रममा कूटनीतिक
तथा सामरिक बिषयहरुका बिशेषज्ञ मानिने चाल्र्स पार्टन के औंल्याउँदछन् भने यदि
चीनको २०औं पार्टी महाधिबेशनमा शी जिनपिङ्गले दिएको भाषणलाई स्पष्ट शब्दमा भन्ने
हो भने शी अब सबभन्दा माथि रहन चाहन्छन्, अमेरिकालाई त्यो सर्बोच्च स्थानबाट लखेट्न चाहन्छन् र पूरै बिश्व चीनको हित
अनुकूल चल्छ भन्ने मान्यता कायम गर्न चाहन्छन् । उनले के पनि भनेका छन् भने देशको
आर्थिक बिकास भन्दा सुरक्षा अझ प्राथमिकतामा रहन्छ भनेर लगानीकर्तालाई बिज्ने कुरा
चिनीयाँ नेतृत्वले गरेकाले चीनको प्राथमिता नै फरक पर्न थालेको समेत कुरा झिकेका छन्
।
कोरोनाका लागि
शून्य सहनशीलताको नीति अबलम्बन गरिरहेको चीनले कोरोना फैलिएको देखेमा त्यहाँ
लकडाउन लगाएर पनि त्यसको बिस्तारलाई रोक्ने उपाय समेत अबलम्बन गरिरहेको छ ।
त्यसलाई पनि चीनको आर्थिक स्थिति डामाडोल बनाउने हंगामा बनाएर हल्ला मच्चाउने काम
अहिले यूएस–यूरो–इण्डो लब्बीले गर्न छोडेको छैन । अहिले कोभिड–१९ बाट जनताको सुरक्षा तथा चीन बिरोधी र गलत उक्साहटबाट देशको सुरक्षा आदिलाई
प्राथमिकतामा राखेको हुनाले चीनको आर्थिक बिकासमाथिको प्राथमिकता अन्त्य भएको
मनगढन्ते कुरा अघि सारेर समेत बिरोध भइरहेको छ । यी सबै कुरा चीनको बिश्व दबदबा
बढाउनका लागि हो भन्ने निष्कर्श निकालिदैछ । तर चीन बिश्वमा साझा र समान बिकासको
धेयकासाथ सबैतिर सम्बन्ध, सम्पर्क, शान्ति र सौहाद्र्रताको दिशामा अग्रसर हुने भावना पटक पटक ब्यक्त गरिरहेको छ ।
२०औं महाधिवेशन पछिको चीनको सर्बोपरी आवश्यकता चीनलाई चिनीयाँ चरित्रको आधुनिक
समाजबादको दिशामा अग्रसरता रहेको कुरा चीनको नेतृत्वले दोहोर्याइरहेको छ र कहिल्यै
कसैमाथि प्रभूत्व नजमाउने प्रतिबद्धता पटक पटक जनाइराखेको छ ।