बोल्शेभिकबाद इतिहासका महत्वपुर्ण चरण ।

Nov Mon 2022 01:52:15

बोल्शेभिकबाद इतिहासका महत्वपुर्ण चरण ।

क्रान्तिको तयारीका बर्षहरु (सन १९०३- १९०५)। यत्रतत्र महाआँधीको निकटता अनुभव हुन्थ्यो । सबै वर्गहरुमा उत्तेजनाको लहर फैलिएको थियो र तयारी चल्दै थियो । विदेशमा राजनैतिक प्रवासीहरुका पत्रपत्रिकाहरुमा क्रान्तिका सबै आधारभूत समस्याहरुका सैद्धान्तिक पक्षहरुमाथि छलफल चल्दै थियो । तीन प्रमुख वर्ग,तीन मुख्य राजनैतिक धाराहरु अर्थात उदारवादी वुर्जुवावर्ग, निम्नबुर्जुवा जनवादी (जो सामाजिक जनवादी र सामाजिक र क्रान्तिकारी (६) नामको आडमा लुकेका छन् ) सर्वहारा क्रान्तिकारी धाराहरुको वीचमा कार्यक्रम र कार्यनीतिसम्बन्धी दृष्टिकोणहरुबारे जुन घनघोरको संघर्ष चल्दै थियो त्यसले भावी खुल्ला वर्गसंघर्षको पूर्वसूचना दिंदै थियो र त्यसको लागि तयारी गर्दै थियो ।

सन १९०५- १९०७ र सन १९१७ -१९२० का वर्षहरु (७) जुन विभिन्न प्रश्नहरुलाई लिएर जनताले सशस्त्र संघर्ष गरेको थियो ती सबै प्रश्नहरुलाई तिनीहरुको भ्रूणावस्थामै त्यसबेलाका समाचारहरुमा अध्ययन गर्न सकिन्छ (र गर्नुपर्छ)। निश्चय नै यी तीन धाराहरुका बीचमा थुप्रै अन्तर्कालीन, अस्थायी, अधकल्चा रुपहरु पनि थिए । अझ यसो भन्नु ठीक होला अखबारहरु, पार्टीहरु, गुटहरु र जत्थाहरुको संघर्षमा नै ती राजनैतिक धाराहरुले विशुद्ध रुप लिन पुगे, जो वास्तवमा वर्ग चरित्रका छन्, भावी लडाईंको लागि यी वर्गहरु आवश्यक राजनैतिक एवम् सैद्धान्तिक अस्त्रस्त्र जुटाउँदै थिए ।

क्रान्तिका वर्षहरु (सन १९०५ -१९०७ ) (८) । सबै वर्गहरु खुल्लमखुल्ला संघर्षको मैदानमा उत्रे । कार्यक्रम र कार्यनीतिसम्बन्धी सबै दृटिकोणहरु जनसमुदायको कारबाइको कसौटीमा जाँचिए । हड्ताल आन्दोलन विश्वमा त्यसबेलासम्म नदेखिएको व्यापकता र उग्रता थियो । आर्थिक हड्तालहरु राजनैतिक हड्तालमा परिणत भए राजनैतिक हड्तालहरुले विद्रोहको रुप लिन थाले । नेतृत्वकारी सर्वहारावर्ग र उसको पछिपछि लाग्ने तर धरमर र अस्थिर अवस्थामा भएको किसानवर्गवीचको पारस्परिक सम्बन्धहरुको व्यवहारिक परीक्षण थियो । संघर्षको स्वस्फूर्त विकासमा सोभियत किसिमको संगठनको अभ्युदय भयो । सोभियतहरुको महत्वबारे त्यसताका चलेका विवादहरु सन १९१७ को महान संघर्षको पूर्वाभास थिए । संघर्षको संसदीय र गैरसंसदीय तरीकाहरु, संसदलाई बहिस्कार गर्ने हो कि त्यसमा भाग लिने हो भन्ने कार्यनीतिसम्बन्धी विवादहरु, संघर्षको बैधानिक र अवैधानिक रुपहरुसम्बन्धी विवादहरुका साथसाथै यो विभिन्न रुप या तरीकाहरुको अन्तरसम्बन्ध तथा सम्पर्कहरु यी सब कुरा आश्चर्यजनक रुपले सारगर्भित हुन्थे । जहाँसम्म जनता र नेताहरुलाई, वर्गहरु र पार्टीहरुलाई राजनीतिशास्त्रका मूलभुत कुराहरु सिकाउने प्रश्न छ यस समयको प्रत्येक महिना शान्तिपूर्ण र बैधानिक समयको पूरा वर्ष बराबर थियो ।

सन १९०५ को ड्रेस रिहर्सलबिना सन १९१७ को अक्टोबर क्रान्तिको विजय असम्भव थियो ।

भ्ला.इ. लेनिन

संकलित रचना

भाग सात

प्रगति प्रकाशन मास्को

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?