२१ औँ सताब्दिको नयाँ कम्युनिष्ट पार्टी निर्माण बारे ।

Oct Fri 2022 08:04:07

२१ औँ सताब्दिको नयाँ कम्युनिष्ट पार्टी निर्माण बारे ।

हामीले नयाँ कम्युनिस्ट पार्टी भन्ने सब्द छनौट गरेका छौँ । यो केवल सब्दमा मात्रै नयाँ होइन । बिचार, राजनीति,कार्यदिशा,कार्यक्रम,संगठन र संघर्षमा समेत नयाँ हुनेछ । नेपाली बर्ग संघर्षको कुरा गर्ने हो भने २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी र १८४८ मा घोषणा गरिएको कम्युनिस्ट घोषणा पत्र देखि यताको इतिहासलाई अनिवार्य जोडनु पर्दछ । यसलाई जोडन सकिएन भने नयाँ को नाममा इतिहासको अवमुल्यन गर्ने र बर्तमानमा दिशा बिहिन बन्ने खतरा हुन्छ । बर्ग संघर्षको बिषयमा बिश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका सवै महान उपलब्धिहरुको रक्षा गर्दै खराव बिषयलाई मिल्काउदै अगाडि बढन आवश्यक छ । यतिवेला नेपालमा रुपमा कम्युनिस्ट पार्टीको बाहुल्यता छ । सरकार देखि सदन अनि सडकमा समेत थुप्रै नामधारी कम्युनिस्ट पार्टीहरुको भिड छ । सवैले आफुलाई कम्युनिस्ट करार गरी राखेकाछन् । जसले गर्दा जनताले बास्तवमै कम्युनिस्ट पार्टी त्यसका नेता कार्यकर्ता कुनहुन कुन होइन्न भरेर छुट्याउन अति गाह्रो परेको छ । यो राजनैतिक भ्रम हल गर्न बास्तबमै कम्युनिस्ट पार्टी कसतो हुन्छ भन्ने बारे प्रस्ट पार्ने कोसिस हामीले गरेका छौँ । 

१ बिचारधारा ।

 राजनीतिक पार्टी कसतो छ भन्नका लागि उसले अवलम्वन गर्ने बिचारधारा कसतो छ भनेर बुझ्नु पर्दछ । बर्गीय समाजमा बिचारधारा पनि बर्गीय हुन्छ । शासकहरुको प्रतिनिधित्व गर्ने र शोषितहरुको प्रतिनिधित्व गर्ने बिचारधारा अलग अलग हुन्छ । कुनै पनि बिचारधाराको बर्ग पक्षधर्ता हुन्छ । यतिवेला बिश्व मानव समाज भुमण्डलीकृत पुँजीवादी साम्राज्यवादमा प्रवेश गरेको छ । भुमण्डलीकृत साम्राज्यवाद भनेको मुठ्ठिभर पँुजीजीवीबर्गको शोषणमा आधारीत सामाजीक ब्यवस्था हो । यो ब्यवस्थामा मुख्यतः मुठ्ठिभर पँुँजीजीवी बर्ग र आम उत्पीडित श्रमजीवि बर्ग बिचको भिषण बर्ग संघर्ष चल्छ । बर्ग संघर्षमा पँुजीजीवी बर्गको प्रतिनिधित्व पुँजीवादी बिचारधाराले गर्छ भने उत्पीडित श्रमजीवि बर्गको प्रतिनिधित्व कम्युनिस्ट बिचारधाराले गर्दछ । कम्युनिस्ट बिचारधाराको  जन्मदाता क.माक्र्स र क. एङगेल्स हुनुहुन्थ्यो । १८४८ मा कम्युनिस्ट घोषणा पत्र मार्फत यो बिचार सार्वजनिक गरिएको थियो । माक्र्सवादका (१) ऐतिहासिक द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन (२) अतिरिक्त मुल्यमा आधारित राजनैतिक अर्थशास्त्र (३) बैज्ञानिक सामजवाद संगठक अंग रहेकाछन् । रुसमा भएको १९१७को अक्टोबर क्रान्तिले माक्र्सवादलाई लेनिनबादमा बिकास गरेको थियो । १९४९ मा सम्पन्न भएको चीनिया क्रान्तिले माक्र्सवाद र लेनिनवादलाई माओवादमा बिकास गरेको छ । यदि कुनै राजनितिक पार्टी कम्युनिस्ट पार्टी हो भने त्यसको बिचारधारा अव माक्र्सवाद, लेनिनवाद र माओवाद हुनुपर्दछ । माक्र्सवाद,लेनिनवाद र माओवाद नमान्ने राजनीतिक पार्टी कुनैपनि हालतमा उत्पीडित श्रमजीवि सर्वहारा बर्गको कम्युनिस्ट पार्टी हुन सक्दैन । २१औँ सताब्दिको कम्युनिस्ट पार्टीको बिचारधारा माक्र्सवाद,लनिनवाद, माओवाद हुनुपर्दछ । साथै दर्शन सम्बन्धि क. माक्र्सले दार्शनिक हरुले दुनियाको ब्याख्या गर्ने काम मात्रै गरे मुख्य कुरा बदल्नु हो भन्नु भएको थियो त्यसैले हाम्रो काम भनेको बदल्ने मात्रै हो बुझ्ने होइन भन्न थालियो भने हामी गम्भीर बैचारीक संकटमा पर्छौ यो संकटलाई हलगर्न दर्शनको क्षेत्रमा माक्र्सवाद,लेनिनवाद र माओवादको ब्यापक बिकासमा हामीले जोडदिनु पर्दछ । दर्शनको बिकासमा जोड दिँदा बुझ्ने,बदल्ने र बदलेको बिषयको रक्षा गर्दै थप बिकास गर्न अवका कम्युनिस्टहरु ब्यापक रुपमा लाग्नु पर्दछ । जसतो रुसमा लेनिन र चीनमा माओले माक्र्सवादी दर्शन सम्वन्धी बुझ्ने,बदल्ने,बदलेको बिषयलाई रक्षा गर्दै थप बिकासमा जोड दिदाँ माक्र्सवादको सृजनात्मक बिकास पनि भयो क्रान्ति पनि सफल बन्यो । त्यसकारण दर्शन सम्वन्धि हाम्रो बुझाई यो बन्नु पर्दछ । यो बुझाई राख्ने मात्रै सच्चा कम्युनिस्ट पार्टी हुनेछ ।

२ राजनीति ।

बर्गीय समाजमा राजनीति पनि बर्गीय हुन्छ । जसतो मुठ्ठिभर पँुजीजीवि बर्गको प्रतिनिधित्व पँुजीवादी राजनीतिले गर्छ भने कम्युनिस्ट राजनीतिले समाजका बहुसंख्यक उत्पीडित श्रमजीवी,सर्वहारा बर्गको प्रतिनिधित्व गर्दछ । उत्पीडित श्रमजीवि सर्वहारा बर्ग सँग एकाकार बनेर निति नियम निर्माण गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको सम्वन्ध उत्पीडित श्रमजीवी,सर्वहारा बर्ग सँग पानी र माछाको जसतो बन्नु पर्छ । राजनीतिक रुपमा कम्युनिस्ट पार्टी हुनका लागि अन्तर्राष्ट्रिय रुपमा भुमण्डलीकृत साम्राज्यवाद र नेपालको हकमा दलाल,नोकरशाह,सामन्त बर्गको प्रतिकृयावादी राज्यब्यवस्थाका बिरुद्ध निरन्तर लडनु पर्ने हुन्छ । अझ नेपालको सन्दर्भमा राष्ट्रिय स्वाधिनता र बर्गिय,लिङ्गीय,जातिय र क्षेत्रिय मुक्तिका लागि अनिवार्य लडनु पर्दछ । भुमण्डलीकृत साम्राज्यवाद र प्रतिकृयावादी सत्ताको पक्षपोषण गर्नेगरि यदि कुनै कम्युनिस्ट पार्टीले आफ्नो राजनीति बनाउछ भने अथवा राजनीतिक रुपमा शान्तिपुर्ण सहकार्य,समन्वय र परिवर्तनको बिषय अगाडि बढाउछ भने त्यो कदापी कम्युनिस्ट पार्टी हुदैन । पश्चगमनकारी र यथास्थितिवादी शक्ति सँग सम्सर्ग गर्ने राजनीति कम्युनिस्ट बन्न सक्दैन । सामाजमा घटने हरेक घटनाक्रमहरु,सामाजिक अन्तरविरोधहरुलाई बर्गिय रुपमा बुझ्ने र त्यसलाई उत्पीडित बर्गको हितमा बदल्न नेतृत्वगर्ने राजनीति कम्युनिस्ट राजनीति हो । बिद्यमान दलाल,नोकरशाह,सामन्त बर्गको हितगर्ने संघिय लोकतान्त्रिक गणतन्त्रको बिकल्प जनगणतन्त्र स्थापनार्थ अधुरो जनवादी क्रान्तिको कार्यदिशा अनुसरण गरि बैज्ञानिक समाजवादमा पुग्न निरन्तर बर्ग संघर्षको क्रान्तिकारी बाटोमा अग्रसर हुने राजनीति बास्तवमै कम्युनिस्ट राजनीति हुन्छ । क.माक्र्सको भनाईमा कम्युनिस्ट पार्टी र राजनीति भनेको सर्वहारा बर्गको अग्रदस्ता हो बर्गविहन,शोषण बिहिन समाज बनाउने उच्च बैज्ञानिक चेतना हो । कम्युनिस्ट राजनीति सवै आदर्शवादी,रुढिवादी,शोषण र बिभेदका बिरुद्ध निरन्तर लडने उत्पीडित श्रमजीवी,सर्वहारा बर्गको राजनीति हो । सर्वहारा बर्गले कम्युनिस्ट राजनीति भित्र आफ्नो मुक्तिको बैचारीक हतियार भेटाउछ भने सर्वहारा बर्गभित्र कम्युनिस्ट राजनीतिले आफ्नो भौतिक शक्ति भेटाउछ । समग्रमा भन्दा कम्युनिस्ट राजनीति भनेको समाजका बहुसंख्यक उत्पीडित श्रमजीवी,सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने राजनीति हो ।

३ अध्ययन अनुसन्धान ।

    सामन्ती बुजुर्वा समाजको मुख्य बिशेषता भनेको अध्ययन अनुसन्धान र ज्ञानको बिषय केवल मुठ्ठिभर ब्यक्ति,बर्ग र जात बिशेषको मात्रै सरोकारको बिषय हुन्छ । जसले आधुनिक ज्ञान बिज्ञानका सवै क्षेत्रबाट आम समाजलाई बञ्चित गर्छ । अध्ययन अनुसन्धानको बिषय जव निश्चित ब्यक्ति,बर्ग र जात बिशेषको मात्रै बनाईन्छ तव सिङ्गो समाज त्यसको गुलाम बन्न बाध्य हुन्छ । किनकी उसलाई आफु उत्पीडित शोसित हुनुको खास कारणनै भेटाउन असमर्थ हुन्छ । यो नियती वाट आफुलाई कम्युनिस्ट भनेर चिनाउने नेपालका कुनै पनि पार्टी नेतृत्वले मुक्त गर्न सकेनन् । जसले गर्दा अध्ययन,अनुसन्धार र बैचारिक काम कहिलै कुनैपनि पार्टीमा चल्न सकेन । जब बैचारीक काम पार्टी आन्दोलनमा अगाडि बढाईएन अथवा अध्ययन अनुसन्धान र बिचारको काम केवल मुठ्ठिभर ठुलावडा नेताहरुको मात्रै काम बन्यो तव कम्युनिस्ट पार्टी र आन्दोलन सहि दिशामा अगाडि बढन सकेन । अध्ययन अनुसन्धान र बैचारिक काम सुन्य भएपछि पार्टीको अमुक नेताले जे भन्छ त्यहि ठिक भनेर थपडि बझाउने र उसको आदेश पालना गर्ने दास कार्यकर्ताको ठुलै जमात तयार भयो । यसतो बैचारीकी निर्माण भएको जमातले बिचारको बिचमा चल्ने संघर्ष कहिलै पचाउन सकेन । यो चिन्तन र ब्यवहार कम्युनिस्ट पार्टीको उद्देश्य र आदर्श बिपरित थियो,छ । बैचारीक रुपमा भुत्ते भएको ब्यक्ति र संगठनले नत समाजको समस्या बुझ्न सक्यो नत हल गर्ने क्रान्ति गर्न सक्यो । यो संस्कृति आजप्रयत्न पनि घटेको छैन । जसले गर्दा अमुख नेताका सन्तानहरु शिक्षामा पारंगत हुने आम कार्यकर्ता तिनका सन्तान र जनता शिक्षा बाट बञ्चित बन्ने अवस्था बन्यो । आज पनि नेपालका राजनीतिक पार्टीको मुख्य यजण्डा अध्ययन,अनुसन्धान,बैचारिक शिक्षा दिक्षाको काम सिंगो पार्टी,आन्दोलन र आम जनताले अनिवार्य रुपमा गर्नैपर्ने सरोकारको बिषय बनेको छैन । यो काम बर्जुवाहरुले गर्ने काम हो तर आफुलाई कम्युनिस्ट भनेर चिनाउने पार्टी र त्यसका नेताहरुले पनि योजना बद्ध रुपमा गरे । यसलाई नभत्काई नत समाजका अन्तरविरोधलाई बुझ्न सकिन्छ नत समाज बदल्ने क्रान्तिनै गर्न सकिन्छ । यसको अर्थ किताव समायर कोठामा बसेर घोक्ने मात्रै भनेको होइन । संस्थागत रुपमै पार्टी,आन्दोलनमा अनिवार्यतः अध्ययन,अनुसन्धान,बैचारीक शिक्षा दिक्षाको कामलाई निरन्तर अगाडि बढाईनु पर्दछ । कुनै ब्यक्ति बिशेष,बर्ग बिशेष अझ भन्ने हो भने हिन्दु समाजमा एक जात बिशेषको घेरामा कैद गरिएको बैचारीक बिषयलाई आम जनताको अनिवार्य सरोकारको मामिला बनाउनु पर्दछ । जसले समाजमा जरा गाढेर बसेको अज्ञानताको जगलाई भत्काएर समाजमा ज्ञानको जग हालेर सिंगो समाजलाई प्रगतिको मार्गमा डोर्याउन सकोस । अव प्रकृति,समाज र चिन्तलाई बुझ्ने र बदल्ने काम कुनै ब्यक्ति बिशेषको मात्रै हुने छैन । यसतो बुर्जुवा कुकर्म गर्ने पार्टी कम्युनिस्ट पार्टी कहिलै हुदैन ।

४ सामुहिक्ता ।

कम्युनिस्ट पार्टीमा सामुहीक्ताको सर्वाधिक महत्वपुर्ण अर्थ छ । कम्युनिस्टको अर्थ ल्याटिन भाषामा सामुहीक्ता (साम्यवादी) भन्ने हुन्छ । सरोकारवाला समुदायहरुले आफ्ना निम्ति आफैले निर्णय गर्ने र कार्यन्वयन गर्ने भन्ने हो । क. फिडेल क्यास्ट्रोले जनताले बुझ्ने भाषामा कम्युनिस्ट भनेको हामी पुँजीवादी भनेको म भनेर भन्नु भएको थियो । जहाँ जुन कम्युनिस्ट पार्टीमा यो बिषयलाई ब्यवहारतः कार्यान्वयन गरियो त्यहाँ कम्युनिस्ट पार्टी,आन्दोलन र सत्ता सहि रुपमा चलेका थिए । जव यी आधारभुत बिषयमा रहेर चल्न सकेनन् तब पार्टी,आन्दोलन र सत्तामा गडवढि पैदा भयो प्रतिक्रान्ति जन्मियो । नेपाली कम्युनिस्ट पार्टी र आन्दोलनमा यो संस्कृतिको बिकास एकदम कम्जोर छ । यो बिषयलाई गहिरो गरि नबुझ्ने पार्टी संगठनमा बिपरित बिचको एकता र संघर्षको द्वन्द्ववादी नियमलाई निषेध गरियो । पार्टी जिवनमा अनिवार्य आवश्यक पर्ने अन्तरसंघर्ष र बर्ग संघर्षको नियमलाई ठिक ढङ्गले बुझ्ने र हल गर्ने द्वन्द्ववादी नियमलाइ आत्मसाथ गरिएन भने त्यो कम्युनिस्ट पार्टी ब्यवहारत रहदैन । कम्युनिस्ट पार्टी जिवनमा आउने कुनैपनि समस्यालाई हल गर्न क.लेनिनले जनवादी केन्द्रियताको सांगठनीक सिद्धान्त बनाउनु भएको थियो । यहि बिधिमा रहेर अहिले सम्म कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरुलाई हामीले हल गर्न सक्नु पर्दछ । जसरी कम्युनिस्टको अर्थ सामुहीक्ता (साम्यवादी) हुन्छ भनेर भनेका छौ त्यसलाई पार्टी जिवनमा केमा कसरी लागु गर्ने भन्ने बारे उल्लेख गर्न जरुरी छ । साँचो अर्थमा कम्युनिस्ट पार्टीमा (१) छलफल,बहस (२) निर्णय प्रकृया ३) कार्यान्वय प्रकृया (४) नेतृत्व (५) ब्यवस्थापन जसता बिषयमा अनिवार्य सामुहीक्ता आवश्यक पर्दछ । यीनि बिषयलाई ब्यवहारत कार्यान्वयन नगर्ने पार्टी कुनैपनि हालतमा कम्यनिस्ट पार्टी हुन सक्दैन ।

५ श्रम र उत्पादन ।

माक्र्सवादको जन्म श्रम र उत्पादनको बास्तवीक स्वामि श्रम अनि उत्पादनमा भाग लिने सर्वहारा श्रमजीवि बर्ग बन्नु पर्छ भेनेर भएको हो । बर्गिय समाजमा श्रम र उत्पादनको खास मालिक श्रम र उत्पादन गर्ने बर्ग नभएर केवल मुठ्ठिभर पँुजीजीवी बर्ग बन्छ त्यसकारण श्रम र उत्पादन गर्ने र नगर्ने बिच स्वामित्वलाई लिएर भिषण बर्ग संघर्ष चल्छ । जसतो दास समाजमा दास र दासमालिक बिच,सामन्ती समाजमा सामन्त र किसान बिच,पँुजीवादी समाजमा पँुजीजीवी र सर्वहारा,श्रमजीवी बर्ग बिच जिवन मरणको संघर्ष चल्छ । समाज परस्पर दुई बिरोधि बर्गमा बिभाजीत रहे सम्म यो संघर्ष निरन्तर चलि रहनेछ । यसको निस्कर्ष क.माक्र्सले सम्पत्ति माथिको ब्यक्तिगत स्वामित्व अन्त्यमा जोड दिनु भएको थियो । माक्र्सवादी दर्शन मानेर आफुलाई राजनैतिक रुपमा कम्युनिस्ट भनेर चिनाउने बिश्व भरिका संसोधनवादी,नवसंसोधनवादीहरुले माक्र्सवादको मुलमर्म बिपरीत नीति बनाउने र कार्यान्वय गर्ने गरेकाछन । जसले गर्दा दलाल पँुजीवाद र पँुजीवाद टिकी राखेको छ । श्रम र उत्पादन सम्वन्धीको धारणा कसतो बनाउने भन्ने बिषय कम्युनिस्ट पार्टीको अर्थ नीति कसतो बनाउने भन्ने सँग मुख्य रुपमा जोडिन पुग्छ । यो नीतिमा प्रस्ट नबनेका कम्युनिस्ट पार्टीको खोल ओढेका नवसंसोधनवादीहरु सत्तामा हुदाँ कमिशन वाट चल्ने सत्ता भन्दा बाहिर हुँदा पुँजीजीवी बर्गले दिने चन्दामा बिलासी जिवन बिताउने अवस्था आयो । उनिहरु श्रम र उत्पादनमा कहिलै सहभागि बन्दैनन् नत पार्टीको नीतिनै श्रम र उत्पादनमा अनिवार्य सहभागि बन्नु पर्ने छ । भएको पनि कार्यान्वयन गरिदैन । यो रोग बाट नेपाली कम्युनिस्टहरुलाई सवैभन्दा बढि संक्रमित गरेको छ । श्रम र उत्पादनमा भाग नलिने तर अर्काको श्रम र उत्पादन माथि रजाई गरेर बिलासी जिवन बिताउने पुँजीजीवी भन्दा कुनैपनि कोण बाट फरक नहुने हो भने त्यो कसरी कम्युनिस्ट बन्न सक्छ यो गम्भीर प्रश्न नेपाली कम्युनिस्ट आन्दोलनमा उठेको छ । अझ त्यो भन्दा गम्भीर बिषय के छ भने पार्टी र क्रान्तिको नाममा उठाएको चन्दा रकमलाई नेताहरुले ब्यक्तिगत सम्पत्ति आयआर्जन गर्ने मुख्य स्रोतको रुपमा लिएकाछन यो एउटा पार्टी र नेता बिशेषको मात्रै नभएर आम नेपाली कम्युनिस्ट पार्टीहरुको गम्भीर समस्या बनेको छ । यसको अर्थ चन्दा नलिने भनेको होइन चन्दा आफ्नो वर्ग सँग क्रान्तिका लागि स्वेक्षिक लिईन्छ भने बिरोधि बर्ग सँग कार्वाहि स्वरुप लगिन्छ अथवा भनौ पँुजीजीवी,दलाल बर्गको सत्तालाई कम्जोर पारेर जनताको सत्ता बलीयो बनाउन चन्दा लगिन्छ । चन्दा लगेको रकम समानान्तर जनताको सत्ता निर्माणमा प्रयोग गरिनु पर्दछ जसको मालिक आम जनता बन्न सकुन । अवको नयाँ कम्युनिस्ट पार्टीको मुख्य योजना,नीति, कार्यक्रम चन्दा र कमिशन होइन श्रम र उत्पादन बन्नु पर्छ । कम्युनिस्ट पार्टीको हरेक सदस्यले आफु आफ्नो बर्ग,पार्टी,आन्दोलन र देशका निम्ति अनिवार्य श्रम र उत्पादनमा भाग लिनु पर्दछ । त्यसको समग्र योजना पार्टीले बनायर कार्यान्वय गर्नु पर्छ । त्यो भनेको दलाल राज्य सत्ताका बिरुद्ध जहाँ जति सकिन्छ त्यहाँ बाट समानान्तर रुपमा जनताको राज्यसत्ता निर्माण गर्दै जाने हुनेछ । एक बाक्यमा भन्दा चन्दा र कमिशनमा चलेका कुनैपनि राजनीतिक पार्टीहरु कम्युनिस्ट पार्टी होइनन् । हुदैनन् ।

६ सम्पत्तिको सर्वहाराकरण ।

सम्पत्ति सम्वन्धी कम्युनिस्ट पार्टीको नीति क.माक्र्सले भनेझै ब्यक्तिगत सम्पत्तिको शोषणमा टिकेको पुँजीवादी राज्यसत्ताको अनिवार्य उन्मुलन हो अथवा पुँजीद्वारा गरिने कुनै पनि शोषणको अन्त्य हो । त्यसलाई एक बाक्यमा भन्दा शोषणकारी ब्यक्तिगत सम्पत्तिको उन्मुलन एक मात्र बिकल्प हो । जव सम्म समाजमा ब्यक्तिगत सम्पत्ति स्वामित्व कायम रहनेछ तव सम्म समाज परस्पर दुई बिरोधि बर्गमा बिभाजित हुनेछ । समाज बर्गमा बिभाजित बने सम्म बर्गसंघर्ष चलि रहन्छ । त्यसकारण क.माक्र्सको भाषामा भन्दा शोषणकारी ब्यक्तिगत सम्पत्ति स्वामित्वमा टिकेको बर्गिय समाजको बिघठन अनिवार्य मामिला हो । पँुजीमाथिको ब्यक्तिगत स्वामित्व अथवा उत्पादनका साधन माथिको मुठ्ठिभर पँुजीजीवी बर्गको स्वामित्वको खारेजी र आम मान्छेको स्वामित्व स्थापीत गरिनु पर्दछ । राजनैतिक रुपमा बैज्ञानिक समाजवाद र बैज्ञानिक साम्यवादी सामाजीक ब्यवस्थाको रुपमा क.माक्र्सले संस्लेषण गर्नु भएको छ जहाँ  हरेक मान्छेले बाच्न उसका इच्छा आकांक्षा र योजना पुरा गर्न बैज्ञानिक समाजवादमा क्षेमता अनुसारको काम र काम अनुसारको ज्याला प्राप्त गर्नेछ । साम्यवादमा क्षेमता अनुरुपको काम र आवश्यक्ता अनुरुपको ज्यालाको बन्दोवस्त हुनेछ । हरेक मान्छेका समस्या,इच्छा,आकांछा र सपना बर्गबिहिन नयाँ सामाजीक ब्यवस्थाले अनिवार्य हल गर्नेछ । सम्पत्ति सम्वन्धी यो कम्युनिस्ट अवधारणालाई कम्युनिस्ट पार्टी,आन्दोलन र सत्तामा योजना बद्ध रुपमा लागु नगरिदाँ नत पँुजीवाद भत्कीयो नत कम्युनिस्ट पार्टी,आन्दोलन र सत्ता टिक्न नसकेर बिघठन हुने स्थिति आयो । जव सम्म सम्पत्ति सम्वन्धीको माक्र्सवादी योजना सहि र इमान्दार पुर्वक पार्टी,आन्दोलन र सत्तामा लागु गरियो तव सम्म पार्टी,आन्दोलन र सत्तामा राम्रै रुपमा अगाडि बढेका थिए । पँुजीवाद बिरोधी बलशालि शक्ति भएका थिए । पछिल्लो चरण सोभियत संघ देखि कम्युनिस्ट राज्यब्यवस्था,कम्युनिस्ट पार्टी र आन्दोलनमा देखिएको मुख्य समस्या भनेको सम्पत्ति सम्वन्धीको रहेको छ । अझ नेपाली कम्युनिस्ट आन्दोलनमा यो कहिलै छलफल,बहस र कार्यान्वयनको मामिला बनेन । कम्युनिस्ट पार्टी,आन्दोलन र सत्ताको नाममा नवधनाड्य बर्ग जन्मिने अवस्था आयो । नेपाली कम्युनिस्ट आन्दोलन यसको नराम्रो सिकार बनेको छ । त्यसकारण सम्पत्ति सम्वन्धी सर्वहाराकरण अथवा कम्युनिस्ट योजना कार्यान्वयन नगरि अवको नयाँ कम्युनिस्ट आन्दोलन चल्न र टिक्न असम्भब छ । त्यसलाई कार्यान्वयन गर्दा (१) कुनै पनि ब्यक्तिका समस्या,आवश्यक्ता, इच्छा,आकांछाको सामुहिकीकरण अथवा सर्वहाराकरण गर्ने र समाधान पनि सामुहिक रुपमा गरिनु पर्दछ । (२) ब्यक्तिगत सम्पत्तिको सामुहिकीकरण अथवा सर्वहाराकरण गर्न प्रोत्साहन गरिनु पर्दछ । अबको कम्युनिस्ट पार्टी,आन्दोलनमा हरेक पार्टी सदस्य र जनताको समस्या सिंगो पार्टी,आन्दोलन,राज्यब्यवस्थाको समस्या बन्ने र त्यसलाई अनिवार्य हल गर्नु पर्ने बाध्यकारी ब्यवस्था गरिनु पर्दछ । सम्पत्तिको सर्वहाराकरण गर्दा पार्टी सदस्य र जनतालाई स्वेक्षीक बनाईनु पर्दछ भने पार्टीको एउटा तहको नेतृत्वबाट अनिवार्य बिषय बनाईनु पर्दछ । त्यसको सुरुवात पार्टी केन्द्रिय समिति बाटै गरिनु पर्दछ । त्यसलाई बिस्तारै सिंगो पार्टी र जनतामा लागु गर्दै जानु पर्दछ । अव कुनैपनि समस्या तेरो मेरो होइन हाम्रो भन्ने सामुहिक संस्कृतिको बिकास सुरु देखि गरिनु पर्दछ । सम्पत्ति सम्वन्धिको सर्वहाराकरण नीतिलाई कार्यान्वयन नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुदैन ।

७ बल प्रयोग ।

समाज रुपान्तरणका लागि बल प्रयोगको नियम अनिवार्य हुन्छ । मानव समाज बर्गमा बिभाजीत भएदेखि शासक बर्गले सोषित बर्गलाई आफ्नो अधिनमा राख्न निरन्तर राज्यसत्ताको बलप्रयोगको साहरा लिने गरेको छ । राज्यसत्ताले आफ्ना बिरोधिहरुलाई दवाउन वलप्रयोग गर्ने (१) सेना (२) प्रहरी (३) शसस्त्र बल (४) कानुन (५) जेल निर्माण गरेको हुन्छ । त्यसकारण क.माक्र्सले बिना बलप्रयोग शोषणकारी पँुजीवादी राज्यसत्ता ढाल्न नसकिने ऐतिहासिक निस्कर्ष निकाल्नु भएको थियो । कुनै पनि शोषणकारी,दमनकारी राज्यसत्तालाई बिघठन गर्न आज सम्मको सामाजीक इतिहासले बल प्रयोगको नीतिलाई एक पटक होइन हजारौँ लाखौ पटक स्थापीत गरेको छ । अझ बर्ग संघर्षको कम्युनिस्ट आन्दोलनले बलप्रयोगको आवश्यक्तालाई झन थप सान्दार रुपमा पुष्टि गरेको छ । रुसमा लेनिनले जारको सत्तालाई बिघठन गर्दा होस या सोभियत संघलाई पँुजीवादी साम्राज्यवादी हस्तक्षेपबाट रक्षा गर्न बल प्रयोगको नीति अनिवार्य अवलम्वन गरिएको थियो । क. माओले सेना बिनाको जनता सँग आफ्नो भन्नु केहिपनि हुदैन भनेर भन्नु भएको थियो । कुनैपनि बर्गीय सत्ता बन्दुकको नालमा टिकेको हुन्छ त्यसलाई बदल्न र नयाँ सत्ता निर्माण गर्न पनि बन्दुक अथवा सेना ( बलप्रयोगको मुख्य शक्ति ) अनिवार्य आवश्यक हुन्छ भनेर क. माओले हामीलाई दिएको बैज्ञानिक शिक्षा हो । जसरी पँुजीजीवी बर्गले आफ्नो राज्यसत्ता टिकाउन बहुसंख्यक उत्पीडित श्रमजीवी,सर्वहारा बर्गलाई बलप्रयोगको नीति अख्तियार गर्छ त्यसै गरि शोषणकारी पँुजीजीवी बर्गको राज्यसत्तालाई बिघठन गरी उत्पीडित,श्रमजीवी सर्वहारा बर्गको राज्यसत्ता स्थापना गर्न बल प्रयोग अनिवार्य हुन्छ । पँुजीजीवी बर्गलाई प्रास्त गरेर बनेको सर्वहारा कम्युनिस्ट राज्यसत्ताको रक्षा गर्न र राज्यसत्ता फ्याँकिएको पुँजीजीवी बर्ग माथि अधिनायकत्व कायम गर्न बल प्रयोग आवश्यक पर्छ । पँुजीजीवी बर्गले आफ्नो राज्यसत्ता टिकाउन बलप्रयोग गर्छ भने बहुसंख्यक उत्पीडित श्रमजीवि,सर्वहाराबर्गले आफ्नो राज्यसत्ता स्थापना गर्न बलप्रयोग गर्नुपर्दछ । बलप्रयोग गर्दा ठिक परिस्थितिको ठिक मुल्याँकन गरेर प्रयोग गरिएन भने प्रतिउत्पादक पनि हुन सक्छ । बलप्रयोगको नीतिलाई आत्मसाथ गरेर अगाडि बढेका कम्युनिस्ट आन्दोलनले केहि समय लडाईमा हारे पनि अन्ततः जित्ने कुरा निश्चित छ । किनकी लडाई भनेको एकैपटक जितिने मामिला होइन हजारौँ हार बाट हजारौँ जितको आधारा बनाउदै अगाडि बढछ । बलप्रयोगको नीतिलाई अवलम्वन गर्ने स्वालमा नेपाली कम्युनिस्ट आन्दोलनमा निक्कै ठुला अन्तरविरोध र भ्रमहरु रहेकाछन । एकातिर नवसंसोधनवादी खोल ओढेका कम्युनिस्ट पार्टीहरुले बस्तुगत र आत्मगत परिस्थिती नबनेको भनेर बलप्रयोगको मामिला दलाल,पँुजीवादी राज्यसत्ताको चुनाव,सत्ता प्रयोग जस्ता कुरा गरेर क्रान्तिकारी जनतालाई धोका दिई राखेकाछन । अर्कोतिर दलाल पँुजीवादी सत्ताको ठुलो हिस्सा प्राप्त गर्न नवपँुजीवादी दलाल बन्न बलप्रयोग गर्ने गरेकाछन् । यी प्रवृति रुपमा फरक देखिएपनि सारमा नवसंसोधनवादी भएकोमा सच्चा कम्युनिस्टहरु प्रस्ट बन्नु पर्दछ । बल प्रयोगको नीतिलाई बर्ग संघर्षमा निरन्तर अनिवार्य मामिला नवनाउने कुनैपनि राजनीतिक पार्टी साँचो अर्थमा कम्युनिस्ट पार्टी हुन सक्दैन ।

८ बर्ग संघर्ष ।

माक्र्सवादले आज सम्मको मानव समाजलाई उत्पादक शक्ति र उत्पादन सम्वन्धका हिसावमा (१) आदिम साम्यवादी युग (२) दास युग (३) सामन्तवादी युग (४) पँुजीवादी युग (५) बैज्ञानिक समाजवाद र साम्यवादी युगको रुपमा परीभाषित गरेको छ । यो संस्लेषण ऐतिहासिक रुपमा सहि र बैज्ञानिक छ । मानव समाज दास युगबाट बर्गमा बिभाजित भएको हामीले इतिहाँस अध्ययन गर्दा भेटाउछौँ । दास युगमा दासमालिक र दास बिच बर्ग संघर्ष चलेको थियो । सामन्तवादी युगमा भुमिपति र भुदासका बिच बर्गसंघर्ष चलेको थियो । पँुजीवादी युगमा पँुजीजीवी बर्ग र आम उत्पीडित श्रमजीवी,सर्वहारा बर्ग बिच बर्ग संघर्ष चल्ने गर्छ भने पुँजीवादी साम्राज्यवादको नवउपनिबेशमा रहेका देश र साम्राज्यवादका बिचमा स्वाधिन्ता सम्वन्धी संघर्ष चल्छ । ब्यापारीक पुँजीवादी उपयुग बाट प्रारम्भ भएको पँुजीवाद माक्र्सकालीन समयमा औधोगिक ( प्रतिस्पर्धात्मक ) पुँजीवादी उपयुग थियो भने लेनिनको पालामा त्यो एकाधिकारी उपयुगमा थियो । यतिवेला बिश्व पँुजीवाद एकाधिकार बाट भुमण्डलीकृत पँुजीवादी उपयुगमा पुगेको छ । सोभियत संघको बिघठन पछि अमेरीकी एकल धुर्विय बनेको बिश्व यतिवेला साम्राज्यवादी बहुधुर्वमा बिभाजित बनेको छ । पँुजीवाद भुमण्डलीकृत साम्राज्यवादी बहुधुर्वमा पुग्दा समाज अर्थराजनैतिक रुपमा तिब्र संकटमा प्रवेश गरेको छ । पर्यावरणीय संकटले पृथ्वी सर्वाधिक संकटमा परेको छ जसले गर्दा मानव जाति र जिवीत प्राणीले त्यसको मुल्य चुकाई राखेकाछन् । अवस्था कस्तो बनेकोछ भने पृथ्वी बचाउन मानव जाति र जिवीत प्राणीको रक्षागर्न पँुजीवादी साम्राज्यवादको बिकल्प बिश्वब्यापी खोज्नै पर्ने जरुरी मामिला बनेको छ । आधुनिक बिज्ञान प्रविधिको प्रयोगले एकातिर पँुजीजीवी बर्गले अकुत सम्पत्ति आर्जन गरि राखेकाछन भने अर्कोतिर श्रमक्षेत्रबाट श्रमिकबर्ग बिस्थापित बनी राखेकाछन् । जसले गर्दा बर्गीय रुपमा बिश्व मानव समाज पँुजीजीवी बर्ग र उत्पीडित श्रमजीवी,सर्वहारा बर्ग बिच सघन रुपमा बिभाजीत बनेको छ । समाज बर्गमा बिभाजीत भएपछि बर्ग संघर्ष अनिवार्य मामिला हुन्छ । यतिवेला नेपाल अर्थराजनीतिक तथा राष्ट्रिय स्वाधिन्ता सम्वन्धी बिषयमा अत्यन्तै संकटमा छ । सत्ता दलाल,नोकरशाह,सामन्त बर्गको हातमा गएको छ सत्ताको मुल चरित्र दलाल पँुजीवादी बनेको छ । यो चरित्र सामाजिकी करण हुदैँ गएको छ । राज्यब्यवस्था,राजनीतिक पार्टी एकसाथ असफल बनेकाछन् । नेपाली समाज मुलत राष्ट्रिय स्वाधिन्ता र बर्गीय रुपमा तिव्र बिभाजित बनेको छ । नेपाली क्रान्तिको मुख्य बिषय राष्ट्रिय स्वाधिन्ता र बर्गीय मुक्ति बनेकाछन् । राज्यसत्ता दलाल,नोकरशाह,सामन्त बर्गको हातमा पुग्दा बिद्यमान राज्यसत्ता र बहुसंख्यक उत्पीडित, सर्वहारा,मजदुर, किसान, श्रमजीवी,बेरोजगार बर्ग,महिला,दलित पिछडिएको क्षेत्रका जनता, देशभक्त आम जनता बिच अन्तरविरोध तिब्र बनेको छ । सामाजीक अन्तरविरोध तिव्र बन्नु भनेको बर्गसंघर्ष पनि तिव्र बन्दै गएको बुझ्नु पर्दछ । बर्ग संघर्षलाई क्रान्तिको अभिन्न मामिला नवनाउने राजनैतिक पार्टी कहिलै कम्युनिस्ट पार्टी बन्न सक्दैन । बर्ग संघर्ष माक्र्सवाद,लेनिनवाद,माओवादको अभिन्न अंग हो ।

९  सर्वहारावर्गको अधिनायकत्व ।

सर्वहाराबर्गको अधिनायकत्व भनेको राज्यसत्ता सँग जोडिएको बिषय हो । राज्यसत्ता कुन बर्गको हुने अथवा हुनु पर्दछ भन्ने बिषय हो । क.माक्र्सले पेरिस कम्युनको असफलता पछि राज्यसत्तामा सर्वहाराबर्गको अधिनायकत्व ब्यवस्थीत बनाउनु पर्नेमा बिषेश जोड दिनु भएको थियो । १९१७ मा सम्पन्न भएको रुसी अक्टोवर क्रान्तिमा क.लेनिन र क.स्टालीनको नेतृत्वमा पहिलो पटक सर्वहाराबर्गको राज्यसत्ता स्थापना गरेको थियो । १९४९ मा सम्पन्न भएको चीनिया क्रान्तिले त्यसलाई थप बलशालि बनाएको थियो । अक्टोवर क्रान्ति र चीनिया क्रान्तिले सर्वहाराबर्गको अधिनायकत्व भएका राज्यसत्ता निर्माणको अभियान बिश्व ब्यापी बनाएको थियो र दर्जनौ देशमा सर्वहाराबर्गको राज्यसत्ता स्थापना भएका थिए । हजारौ बर्ष देखि शोषित,उत्पीडित सर्वहारा बर्गले माक्र्सवादको जन्म सँगै आफ्नो मुक्ति राज्यसत्तामा अधिनायकत्व स्थापीत गरेर बिस्तारै सिंगो मावन समाजलाई राज्य बिहिन समाजमा रुपान्तरण गर्ने उद्देश्यका साथ लडि राखेको छ । सर्वहाराबर्ग भनेको बाँच्नका लागि ब्यक्तिगत श्रम बाहेक अरु कुनै भौतिक सम्पत्तिबाट बञ्चीत अथवा नभएको बर्ग हो । आफ्नो समयको सवैभन्दा आधुनिक साधन स्रोत,बिज्ञान प्रबिधि सँग परिचित र प्रशिक्षित बर्ग पनि हो । बर्गीय रुपमा बहुसंख्यक बर्ग पनि यहि सर्वहारा,श्रमजीवी बर्ग हो । त्यसकारण यो सवै भन्दा बढि क्रान्तिकारी बर्ग हुन्छ । यो बर्ग आधुनिक मेसिन,कारखाना र बिज्ञान प्रविधि नहुदाँ पँुजीजीवी बर्ग बाट श्रमक्षेत्रमा सवैभन्दा बढि शोषित,उत्पीडित थियो भने आधुनिक मेसिन,कारखाना,बिज्ञान प्रविधिको आविष्कार पछि श्रमक्षेत्रबाट बिस्थापीत बनी बेकारीमा धकेलिएर जिवन मरणको लडाई लडि राखेको बर्ग हो । राजनैतिक रुपमा १८४८ देखि आज पर्यत्न पँुजीवादी राज्यब्यवस्थाका बिरुद्ध निरन्तर लडि राखेको बर्ग भनेकै उत्पीडित,श्रमजीवी,सर्वहारा बर्ग हो । बर्ग संघर्षका थुप्रै हार र जितको बिचबाट यो बर्ग अगाडि बढि राखेको छ । बिश्वको अर्थराजनीतिक संकट भित्रको मुख्य अन्तरविरोध मुठ्ठीभर पँुजीजीवी बर्ग र आम उत्पीडित, श्रमजीवी,सर्वहारा बर्ग बीचकै बनेको छ । यतिवेला बिश्वमा पँुजीवादी साम्राज्यवादी राज्यब्यवस्था छ । नेपालमा भने भुमण्डलीकृत पँुजीवादी साम्राज्यवादको दलाली गर्ने दलाल पँुजीवादी राज्यसत्ता कायम छ । राज्यसत्तामा आसिन दलाल,नोकरशाह,सामन्तबर्ग र आम उत्पीडित,मजदुर,किसान, श्रमजीवी, महीला, दलित,पिछडिएका जनता अनि देशभक्त आम जनता बिच तिब्र संघर्ष चलि राखेको छ । दलाल पँुजीवादी राज्यसत्तालाई बिघठन गरेर जनताको जनबादी राज्यसत्ता स्थापना नेपाली क्रान्तिको पहिलो कार्यभार बनेको छ । राज्यसत्तामा दलाल,नोकरशाह,सामन्त बर्गको अन्त्य गरेर उत्पीडित, मजदुर,किसान,श्रमजीवी, महीला, दलित,पिछडिएका क्षेत्रका जनता अनि देशभक्त आम जनताको संयुक्त अधिनायकत्व स्थापना गरिनु पर्दछ । राज्यसत्ता सम्वन्धि यो मामिलालाई अवलम्वन नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुदैन ।

१० अन्तर्राष्ट्रियतावादी ।

कम्युनिस्ट आन्दोलनको प्रारम्भ देखि क.माक्र्स र क.एङ्गेल्सले संसारका सर्वहाराहरु एक हौँ भन्ने नारा दिएर कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय आन्दोलनको रुपमा स्थापीत गराउनु भएको थियो । कम्युनिस्ट बिचारधारा बिश्व दृष्टिकोण हो भने कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रियबादी आन्दोलन हो । सामाजीक रुपमा हुने सवैखाले शोषण,बिभेद र उत्पीडनबाट मानव जातिलाई मुक्त गर्ने र मान्छे बास्तवमै अन्तर्राष्ट्रिय जाति बनाउने उद्देश्य कम्युनिस्टहरुको हुन्छ । कतिपय कम्युनिस्टहरुले यसलाई ठिक ढङ्गले बुझन र कार्यन्वयन गर्न नजान्दा कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रियता प्रति गम्भीर संकट आउने गरेकाछन् । कोहि कम्युनिस्ट आन्दोलनको नाममा उग्रअन्तर्राष्ट्रियताबादी बन्ने र देशमाथि साम्राज्यवादले गरेको हस्तक्षेपलाई वास्ता नगर्ने आवस्था देखिन्छ । कोहि कम्युनिस्ट आन्दोलनको वकालत गरिरहने र ब्यवहारमा अन्धराष्ट्रवादको पक्षपोषण गर्ने खतरा कम्युनिस्ट आन्दोलनको प्रारम्भ देखि बिश्व ब्यापी रुपमा देखिदै आएकाछन् । यी दुईटै अतिवाद बाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्न आवश्यक छ । कम्युनिस्टहरुको मुख्य उद्देश्य अन्तर्राष्ट्रियता हो त्यसकारण बिश्व भरि चल्ने कुनैपनि पँुजीवादी साम्राज्यवाद बिरोधि आन्दोलन,बर्गिय मुक्ति आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, पर्यावरणीय आन्दोलन लगायतका मानवता बादी आन्दोलनलाई साथ सहयोग गर्नु पर्ने अनिवार्य दायीत्व हुन्छ । संसारभरका कम्युनिस्ट पार्टी,आन्दोलन र सत्ता सँग भाईचारा सम्वन्ध स्थापीत गर्ने साम्राज्यवाद बिरोधि संयुक्त आन्दोलन निर्माणमा निरन्तर जोड दिनु पर्दछ । नेपालको ईतिहास देखि राष्ट्रिय स्वाधिन्ता र बर्गीय मुक्ति आन्दोलन अधुरै छन् । यतिवेला नेपाल राष्ट्रिय स्वाधिन्ता सम्वन्धी मामिला र बर्गीय मुक्ति आन्दोलन कठिन संकटमा परेकाछन् । एकसाथ राष्ट्रिय स्वाधिन्ता र बर्गीय मुक्ति आन्दोलन नचलाई नहुने भौतिक परिस्थिति बनेको छ । यो समस्या नेपाली कम्युनिस्टहरुको मात्रै नभएर साम्राज्यवाद द्वारा उत्पीडित नवऔपनिवेशिक जुनसुकै देशका जनता र कम्युनिस्टहरुको साझा कार्यभार बनेको छ । उनिहरुले एकातिर साम्राज्यवादी हस्तक्षेप बाट देशलाई मुक्त गर्नुपर्ने हुन्छ अर्को तिर त्यहि साम्राज्यवादी साथ सहयोग र दलालीमा टिकेको प्रतिकृयावादी राज्यसत्ताका बिरुद्ध बर्गिय मुक्ति लडाई लडदैँ अन्तर्राष्ट्रियवादको पनि सेवा गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रियतावाद लाई आत्मसाथ नगर्ने ब्यक्ति नत कम्युनिस्ट बन्न सक्छ नत सच्चा कम्युनिस्ट पार्टी बन्न सक्छ ।


लेखक क। मुक्ति ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?