नेपाल–छिमेकी मुलुक भारत र चीनसहित विभिन्न
देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार
प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको
जानकारी गराएको छ ।देशका विभिन्न भागहरूबाट विभिन्न
उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य
प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरिएको थियो । मन्त्रायलले कोभिड-१९ को सब-भेरियन्टको बढ्दो
संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन
अनुरोधसमेत गरेको छ । संक्रमण र संक्रमणको फैलावट
रोकथाम गर्नका लागि आम सर्वसाधारणलाई पनि जनस्वास्थ्यका मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य
रूपमा पालना गर्न/गराउन मन्त्रालयले सार्वजनिक अनुरोध गरेको छ । त्यसतै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)
ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण
बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरि रहेको छ ।