नेपाल–डेंगु सार्ने लामखुट्टे २५ देखि ३० डिग्री सेल्सियसको
तापक्रममा रहन सक्छ।तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे
सक्रिय रहेको पाइएको छ।जनस्वास्थ्य विद्का अनुसार, कीटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका बताएका
छन्।तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको
पाइएको थियो। किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु
सार्ने लामखुट्टे बाँच्न सक्दैन।तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा
लामखुट्टेको प्रकोप बढ्दो छ।विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ।अधिकारीहरुका अनुसार
अनुसार डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म
हराउँदैन।हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका
कारण लामखुट्टे हराएको छैन।नेपालबाट मनसुन बाहिरिएको लामो समय भएको छैन।गत असोजमा
त ठूलो पानी परेको थियो।त्यतिबेला परेको पानी खुल्डा–खुल्डीहरुमा जमिरहेको हुन्छ। त्यसमा लामखुट्टेको
लार्भा विकास भइरहेको छ।लामखुट्टेले घट्दो तापक्रमसँग लड्ने क्षमताको विकास
गरिसकेको छ।तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुनलन
गराएका छन्।