राहत र बालविकास शिक्षकहरु माग पुरा नभएको भन्दै सडक संघर्षमा।

Sep Sun 2023 01:22:48

राहत र बालविकास शिक्षकहरु माग पुरा नभएको भन्दै सडक संघर्षमा।

नेपालकाठमाडौंमा विद्यालय शिक्षा सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै राहत शिक्षक र बालविकासका शिक्षकहरु आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी भएका उनीहरु महासंघले सरकारसँग सम्झौता गरेर आन्दोलन अन्त्य गरे पनि राहत र बालबिकासका शिक्षकहरु आफ्ना माग पुरा नभएको भन्दै अझै सडक आन्दोलनमै छन्।आन्दोलित शिक्षकहरुले राहत शिक्षकले आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरुले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?