नेपाल–काठमाडौँ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।इन्डियन आयल कर्पोरेसन (आईओसी) ले
बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल
प्रतिलिटर ४ रुपैयाँ घटेको हो।आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने
एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ तर निगमले
ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय
९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा
निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको निगमका प्रवक्ता मनोज ठाकुरले
जारी गरेको विज्ञप्तिमा उल्लेख छ।मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल
प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार
मध्यरातिदेखि लागू हुनेछ ।लामो समय घाटामा रहेको आयल निगम
मंगलबारदेखि ऋणमुक्त भएको छ ।