राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार कर्जा पुनःसंरचना गर्न कसले पाउछन्।

Oct Fri 2023 01:44:59

नेपालनेपाल राष्ट्र बैंकले निर्माण सामग्री उत्पादन गर्ने उद्योग ५ करो डसम्म कर्जा लिएका साना व्यवसायीलाई राहत दिएको छ। बिहीबार राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै त्यस्ता उद्योग तथा व्यवसायमा गएको कर्जाहरूलाई पुनःसंरचना र पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ।राष्ट्र बैंकले सिमेन्ट, डण्डी, इँटा/ ब्लक, पाइप्स एण्ड फिटिङ्सलगायतका उद्योगमा प्रवाहित कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ। यस्तै शिक्षा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भुकम्प, जस्ता प्राकृतिक /दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा रहेको कर्जालाई पनि यस्तो सुविधा दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?