आर्थिक संकटको बेला बैंकहरुको मुनाफा बढ्यो।

Aug Sun 2023 03:26:39

आर्थिक संकटको बेला बैंकहरुको मुनाफा बढ्यो।

नेपालवाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन्।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए ।सबैभन्दा धेरै नबिल बैंकले ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ।नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ। समग्र बैकहरुको नाफा निम्न प्रकारको रहेको छ।

बैंकहरूको नाफा विवरण :

बैंक

नाफा (असार२०८०)

नाफा (असार २०७९)

नबिल

७ अर्ब ५२ करोड ७१ लाख

४ अर्ब २५ करोड ६० लाख

ग्लोबल आईएमई

७ अर्ब २५ करोड ३४ लाख

४ अर्ब ९५ करोड ९२ लाख

राष्ट्रिय वाणिज्य

४ अर्ब ९१ करोड ७१ लाख

४ अर्ब २९ करोड २८ लाख

एनआईसी एसिया

४ अर्ब ६५ करोड १३ लाख

४ अर्ब २१ करोड ४९ लाख

इन्भेस्टमेन्ट मेगा

४ अर्ब २९ करोड ६६ लाख

३ अर्ब ७९ करोड ७६ लाख

स्टान्डर्ड चार्टर्ड

३ अर्ब ५२ करोड ५४ लाख

२ अर्ब २५ करोड ५९ लाख

नेपाल

३ अर्ब ४१ करोड १५ लाख

२ अर्ब ९२ करोड ३२ लाख

एनएमबी

३ अर्ब ४१ करोड ४ लाख

३ अर्ब २९ करोड १० लाख

एभरेस्ट

३ अर्ब ३९ करोड ३१ लाख

२ अर्ब ४७ करोड ९४ लाख

हिमालयन

३ अर्ब २६ करोड ६१ लाख

२ अर्ब ३६ करोड ७५ लाख

सिद्धार्थ

३ अर्ब १९ करोड १ लाख

२ अर्ब ९० करोड २४ लाख

कृषि विकास

३ अर्ब ९ करोड ९३ लाख

२ अर्ब २२ करोड ५७ लाख

प्रभु

२ अर्ब ८२ करोड ५२ लाख

१ अर्ब ९० करोड २० लाख

सानिमा

२ अर्ब ६१ करोड ९२ लाख

२ अर्ब ९ करोड ३१ लाख

प्राइम कमर्सियल

२ अर्ब २६ करोड ३१ लाख

२ अर्ब ७८ करोड ७३ लाख

लक्ष्मी सनराइज

२ अर्ब २६ करोड १८ लाख

१ अर्ब ५१ करोड ३४ लाख

एसबीआई

२ अर्ब २४ करोड १६ लाख

१ अर्ब ६३ करोड ८३ लाख

सिटिजन्स

२ अर्ब २१ करोड ४४ लाख

२ अर्ब ५६ लाख

कुमारी

१ अर्ब ९५ करोड ७१ लाख

२ अर्ब ५७ करोड ९८ लाख

माछापुच्छ्रे

१ अर्ब ८५ करोड ११ लाख

१ अर्ब ६८ करोड ६६ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?