नेपाल–दादुराको
प्रकोपबाट १६ जिल्लामा एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य
विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लामा एक हजार
तीन जनामा दादुरा फैलिएको उल्लेख
गरेको छ । महाशाखाकाले सार्वजनिक गरेको प्रतिबेदन अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर
र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको बताएको छ । रोग फैलिएका जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी
र महोत्तरी जिल्लाका बालबालिका बढी संक्रमित भएकाछन् । दादुरा
र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै मृत्युदर पनि
उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ
। मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गरेको
छ।दादुराको निगरानीका लागि सबै जिल्ला र नगर पालिकाका जनतालाइ संवेदनशिल हुन समेत
महाशाखाको अनुरोध छ।