गोरखा अस्पतालमा चिकित्सक कुटिए ।

Oct Sun 2022 02:07:51

गोरखा अस्पतालमा चिकित्सक कुटिए ।

६ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् । एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गर्नुभएछ । घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?