नेपाल–अहिले देशमा पश्चिमी वायुको सामान्य
प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी
भूभागमा सामान्य बदली रहने बताएको छ भने पहाडी
भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी
तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले उल्लेख
गरेको छ।