नेपाल–जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पका
पिडीत मध्य चिसोले गर्दा थप दुई जनाको ज्यान गएको छ। चिसोले मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुम
पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको जानकारी प्राप्त
भएको छ।हाल
सम्म चिसोले ज्यान गुमाउने पीडितको संख्या १५ पुगेको छ। १७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम
पश्चिममा ६२ हजार घर भत्कीएपछि यहाँका बासिन्दा घरबाहिर अस्थायी त्रिपालमुनि बस्दै
आएका छन् । मंसिरको चिसो त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका हुन। दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन् । चिसोका कारण थुप्रै पिडितहरु बिरामी परेका
छन्।