नेपाल–कञ्चनपुरमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको
सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्याली निकालिएको छ।आइतबार बिहान विपिनका
परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन र्याली निकालेका हुन्।एक
महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक
रुपमा र्याली निकालिएको बताइएको छ।नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ
संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ।महेन्द्रनगरको
मदन चोकबाट सुरु गरिएको र्याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर
समापन भएको थियो।प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि
बुझाइएको थियो।इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको सार्वजनिक
गरेको थियो । त्यसअघिसम्म उनको अवस्था अज्ञात
थियो।सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी अन्य विद्यार्थीसँगै
‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत भदौमा इजरायल
गएका हुन्।