जाजरकोट रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको छ।

Nov Sat 2023 05:07:13

जाजरकोट रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको छ।

नेपालराष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो।जाजरकोट रामिडाँडा आसपास केन्द्रबिन्दु बनाए ११ बजेर ४७ मिनेटमा गएको भुकम्पमा परेर हाल सम्म जाजरकोटमा ९२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी अधिकारीहरुले बताएका छन्। अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त अधिकारीहरुले बताएका छन्। त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ।भने रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्।यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको बताइएको छ।तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन्।चार घण्टाको अबधिमा ४ म्याग्निच्युड भन्दा माथिका तीनवटा परकम्प गएका छन्।भुकम्पमा भएको मानविय र भौतिक क्षेति बारे एकिन डाटा आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?