किसान नेता भीमदत्त पन्तको ७१ औँ स्मृति दिवस मानाइदै।

Aug Wed 2023 03:59:26

किसान नेता भीमदत्त पन्तको ७१ औँ स्मृति दिवस मानाइदै।

नेपालनेपाली गरीब किसानका आदर्श नेता तथा शहीद भीमदत्त पन्तको ७१ औं स्मृति दिवस आज मनाइँदै छ। दिवसको अवसरमा डडेल्धुराको बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानले जनाएको छ ।१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गल्लेख भन्ने ठाउँमा प्रतिकृयावादी सत्ताले हत्या गरेको थियो। सामन्ती,जमिन्दारी प्रथाका बिद्ध बिद्रोह गरेका किसान नेता भिमदत्त पन्तले सामन्तलाई कि जोत हलो,कित छोड थलो,यदी हैन भने अब छैन भलो भन्ने नाराका साथ गरीब किसानका पक्षमा संघर्षको उठान गरेका थिए। जमिन्दार र सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गरेका उनले कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलोभन्ने नाराका साथ जोताहा किसानका पक्षमा आवाज बुलन्द पारेका थिए ।

गरीब दलित जनजाती किसानहरुलाई संगठित गरेर राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्त सक्रिय रहेका थिए।२००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन। उनले क्रान्ति पूरा भएको छैन भनी राणासँग मिलेर बनाएको सरकारको विरोध गरे।भीमदत्त पन्तले दलित, मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे।किसानहरुलाई बेदखल गर्ने, जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले।दलितहरुको घरमा खाना खाएर उनले छुवाछूत अन्त्य भएको घोषणा गरेका थिए।गरीबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनु पर्छ, प्रकृतिलाई बिगार्ने काम गर्नु हुँदैन भन्ने जस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए।२००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे।किसान आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराज तथा छोरी रेवाको मृत्यु भयो थियो।२०१० साल साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमामा पर्ने गल्लेख भन्ने ठाउँमा नेपाल र भारत दुवै देशका सेनाहरुको टोलीले संयुक्त रुपमा घेरा हालेर उनको हत्या गरीएको थियो।हत्यापछि पनि उनको टाउको काटेर सार्वजनिक स्थानमा झुण्ड्याइएको थियो। त्यतिबेला नेपालको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए। भीमदत्तले नेतृत्व गरेको किसान आन्दोलन चर्किएपछि आन्दोलन दबाउन भारतीय सेनाको सहयोग मागेको जानकारहरु बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?