नेपाल–सप्तरी कञ्चनरुप नगरपालिकामा एक
जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। चार जनाको समूहले ती किशोरीलाई
घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले
बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा
प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश
सुवेदी,
सुदीप
भुजेल,
मनोज विक र
कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी
दीपककुमार रायका अनुसार गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक
जना साथी आएका थिए । त्यसलगत्तै ४ जना आरोपी छिरेर
किशोरी र उनका साथीलाई कुटपिटसमेत गरे । किशोरी र उनका साथीको तस्बिर
खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए । त्यसपछि किशोरीका साथीलाई घरमै
थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।आरोपीमध्येका कैलाश भनिने टेकराज
पोखरेलको निर्देशनमा ३ जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको
जाहेरीमा भनेकी छिन् । बलात्कारपछि किशोरीलाई कुटपिट
गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे
ज्यान मार्ने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् ।