नेपाल–अविरल वर्षाले गर्दा देशका विभिन्न स्थानमा
आएको बाढी एवं पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।बाढी तथा पहिरामा परी
सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी
अधिकारिहरुले बताएका छन् । जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन्। साथै बाढी एवं
पहिरामा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई
उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।बाढी पहिरामा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा
२९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी अधिकारीहरुले बताए । बेपत्ताको खोजी कार्य
जारी रहेको बताइएको छ। बाढी एवं पहिराका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति
पुगेको छ । ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७
घरपरिवार विस्थापित भएका छन्।