नेपाल ईयूको कालो सूचीबाट हटेन ।

Jun Fri 2023 04:06:46

नेपाल ईयूको कालो सूचीबाट हटेन ।

नेपालनेपाल युरोपेली यूनियन (ईयू) को एभिएसन सेफ्टी लिस्ट (कालोसूची)बाट उम्कन पुनः असफल भएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची रिभ्यू गर्छ । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ । ईयूले बुधबार (७ जुन)यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको छ । नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?