नेपाल–प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै ष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालले पनि सांस्कृतिक रूपमै भए पनि नेपालको संसदमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताएका हुन्।उनले पूर्वमा टिस्टादेखि पश्चिममा कुमाउ र गढवालसहितको ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताएका हुन्। उनले भने अब हाम्रो प्रतिनिधिसभामा पनि सांस्कृतिक रूपमै भए पनि टिस्टा नदीदेखि पश्चिमको कुमाउ–गढवालसहितको ग्रेटर नेपालको नक्सा किन नराख्ने ?