नेपाल–भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारतको नक्सा भित्तामा अंकित गरिएको छ । जनु नक्सामा अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ । संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । राष्ट्रिय स्वयंसेवक संघले ‘अखण्ड भारत’को धारणाले भौगोलिक अभिवाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ । जसमा हालको अफगानिस्तानदेखि दक्षिण पूर्व एशियाको थाइल्यान्डसम्मको भूभागलाई समेट्ने जनाएको छ ।