नेपाल–काठमाडौं नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच आज भेटवार्ता भएको छ । नेपाल भ्रमण आएका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेको छ। भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सहयोग गर्न आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको सहयोग रहने बताएको भेटमा सहभागी गृहसचिव दिनेश भट्टराईले जानकारी दिए । देशभक्त नेपाली जनताहरु एमसिसि परियोजना बिरुद्ध निरन्तर आवाज उठाउदै आएकाछन् भने संसदवादी राजनैतिक पार्टीहरु सत्ताको बलमा जसरीपनि उक्त परियोजना कार्यान्वयन गर्ने गरी अगाडि बढेकाछन् ।