नेपाल–काठमाडौं नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको छ । सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा.लि.को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको छ । यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ ।