नेपाल—नेपालस्थित शरणार्थीको लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा समाप्त भइसकेको बताएको छ । कान्तिपुर दैनिकले नेपालमा नक्कली भुटानी शरर्णाथीलाई लिएर भइरहेको अनुसन्धानबारे राखेको जिज्ञासामा यूएनएचसीआरले नेपाली नागरिकहरु ठगी भएको पछिल्लो रिपोर्टहरुप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । ‘यस ठगी प्रकरणमा नेपाल सरकारको छानबिनलाई हामी स्वागत गर्दछौं,’ यूएनएचसीआरले जवाफमा भनेको छ, ‘नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ म समाप्त भइसकेको हो र फेरि सुरु हुने छैन ।’यूएनएचसीआरले पुनः बसोबास कार्यक्रमको अन्त्य भएको सम्बन्धमा सार्वजनिकरुपमा निरन्तर जानकारी गराउँदै आइरहेको पनि उल्लेख गरेको छ ।