बालकृष्ण खाँण पक्राउ ४ दिन हिरासत राख्न अदालतको अनुमति ।

May Wed 2023 01:38:09

बालकृष्ण खाँण पक्राउ ४ दिन हिरासत राख्न अदालतको अनुमति ।

नेपालकाठमाडौं नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको हो । प्रहरी अधीकारीहरुका अनुसार मैजुबहालको निवासबाट उनलाई पक्राउ गरेर प्रहरी परिसरमा लगिएको हो। उनका स्वकीय सचिव नरेन्द्र केसी समेत पक्राउ परेका छन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जना पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पछि बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । आरोपितहरुको बयानका आधारमा खाँण पक्राउ परेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?