काठमाडौंमा ट्याक्सी व्यवसायी आन्दोलित ।

May Sun 2023 03:23:01

काठमाडौंमा ट्याक्सी व्यवसायी आन्दोलित ।

नेपालकाठमाडौं महनागरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवयसायीहरु आन्दोलित भएका छन् । आन्दोलित व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका हुन । महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् । ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो । ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले बल प्रयोग गर्न खोजेपछि एक घण्टा मैतीदेवी चोकमा सडकमै व्यवसायीहरुले ट्याक्सी तेर्साएर बिरोध गरेका थिए । एक घण्टा सडक अवरुद्ध गरेपछि ५ जना ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि गएका छन् । काठमाडौं महानगरपालिकाले भने अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ भने ट्याक्सी व्यवसायीहरु भने महानगरपालिका र ट्राफिक मिलेर सबैतिर ट्याक्सीलाई पार्किङ गर्न नदिएको भन्दै आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?