यो वर्ष खाद्यान्न संकट आउन सक्ने विज्ञहरुको चिन्ता ।

May Fri 2023 03:02:51

यो वर्ष खाद्यान्न संकट आउन सक्ने विज्ञहरुको चिन्ता ।

काठमाडौँ विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र मनसुनमा पनि कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ  नेपालमा यो वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायतका समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका छन्  गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने उनको भनाइ छ  यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?