काठमाडौं–नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै जुनसुकै कारणले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् । लामो समय देखि न्यायको लागी सडक संघर्ष गर्दै आएका मिटरब्याज पिडितहरुले वैशाख ४ सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका बेला शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । उक्त प्रहरी दमनमा दुई दर्जन भन्दा बढि घाईते भएका थिए भने पिडितहरुको धर्ना स्थलमा खाध्यान्न समेत लुटिएको पिडितहरुको गुनासो थियो । गृहमन्त्रिले संसदमा बोल्दै भने मिटरब्याज पिडितहरुआफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए । फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिवाटिकामा) ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । जति कमजोरी भयो, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने । जनताको ज्युधनको सुरक्षा गर्नुपर्ने सरकार र संबन्धित गृह मन्त्री सुरक्षा कर्मिहरुले मनमौजी जनता माथी सत्ताको शक्तिको प्रयोग गर्नु घोर आपतिजनक बिषय थियो । गल्तिको पश्चाताप जोकसैले गर्न पाउछ तर अव गृह मन्त्रीले संसदको राेस्टममा उभिएर मात्रै हैन पिडितहरुको धर्ना स्थलमा आएर माफि माग्नु पर्दछ ।