मिटरब्याज पीडितहरु निरन्तर आन्दोलीत सरकार रमीता हेर्दै ।

Apr Sat 2023 01:43:13

मिटरब्याज पीडितहरु निरन्तर आन्दोलीत सरकार रमीता हेर्दै ।

काठमाडौँ —  मिटरब्याज पिडितहरुले सरकारले पहिले गरेका सम्झौता पालना नगरेको भन्दै दबाब दिन तराईका विभिन्न जिल्लाबाट काठमाडौंमा आएका मिटरब्याज पीडितहरूले शनिबार पनि प्रदर्शन गरेका छन् । शान्तिवाटिकाबाट सुरु भएको र्‍याली भद्रकालीमा पुगेर सभामा परिणत भएको थियो । सरकारले आफूहरूसँग पहिले गरेका सम्झौता पालना गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै गत सोमबार शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले घरपकड गरेको भन्दै उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत माग गरेका छन् । मधेसका विभिन्न जिल्लाबाट न्यायको लागि मिटरब्याज पीडितहरू काठमाडौं आएर शान्तिवाटिकामा बस्न थालेको झण्डै एक महिना पुग्न लागेको छ । सरकारले आन्दोलित पिडितहरुको माग सम्बोधन गर्ने भन्दा पनि सहमति गरेर टार्न खोजेको पिडितहरुको गुनासो छ । महिनौ देखि आन्दोलित पिडितहरु एक महिना देखि शान्तिवाटिकामा धर्ना बसेर हरेक दिनजस्तो र्‍याली निकाल्दै आएका छन् । सरकारले भने उनीहरूको माग सम्बोधन गर्न चाहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?