काठमाडौं–काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समय देखि सडक आन्दोलन गरिरहेका र पछिल्लो चरण शान्तिवाटिकामा बसेर धर्ना गरिरहेका मिटरब्याज पीडितहरुको माग सरकारले सम्बोधन गर्न नचाहे पछी सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिका घेरा हालेर राखेको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी अन्धाधुन्द हानेको थियो । प्रहरीको लाठी लागेर ४/५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितहरुको माग सम्वोधन गर्न नचाहदाँ पीडितहरु सरकार र शाहुमहाजनको दोहोरो मारमा परेकाछन् ।