मोटरबाटो नहुँदा सुत्केरीलाई डोकोमा बोक्दै ।

Mar Thu 2023 02:06:31

मोटरबाटो नहुँदा सुत्केरीलाई डोकोमा बोक्दै ।

काठमाडौँतनहुँ भौगोलिक हिसाबले सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ। तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर गुड्ने सडकको पहुँचबाट टाढै छन् । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता यथावत छ ।

सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पुर्‍याइएको थियो । उनलाई डोलीमा हालेर दुई घण्टा पैदल हिंडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । पहिले भरतपुर लैजानुपर्थ्‍यो, अहिले गाउँपालिका आफैंले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने बिरामी त्यही लैजाने गरिएको छ । सुत्केरी भएपछि पुनः उनलाई त्यसरी नै बोकेर घर पुर्‍याइएको थियो । मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पुर्‍याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको भएपनी सुनुवाइ हुनसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?