८ महिनामा २६ अर्ब भन्दा बढिको धान चामल आयात ।

Mar Wed 2023 02:59:50

८ महिनामा २६ अर्ब भन्दा बढिको धान चामल आयात ।

काठमाडौंनेपालमा धान चामल आयातमा १० अर्ब हाराहारीको गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वपर्षको ८ महिनामा नेपालमा २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको छ । जबकि गर्त वर्ष समीक्ष अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो । विभागकाअनुसार चालु आवको फागुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ । यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात गरेको छ ।

प्रशोधित चामल भने यस अवधिमा ११ अर्ब ४८ करोड १० लाख ३६ हजार रुपैयाँको १७ करोड १९ लाख किलो चामल नेपाल भित्रिएको विभागले जनाएको छ । जबकि गत वर्ष  २१ अर्ब ६२ करोड रुपैयाँको ३९ करोड ६७ लाख किलो चामल नेपाल आयात भएको थियो । यस्तै गर्त वर्ष ३ करोडको धानको बिउ, १३ अर्ब ९७ करोडको ४७ करोड ६२ लाख किलो धान आयात भएको छ । विभागकाअनुसार यस वर्ष धानको आयात गत वर्षको तुलनामा २९ करोडले धानको आयात बढेको छ । तर, चामलको आयात भने १० अर्ब १४ करोडले घटेको छ ।

चामलको आयात परिमाण पनि २२ करोड किलोले कम देखिएको छ । विभागका अनुसार गत वर्षको तुलनामा कनिकाको आयात पनि घटेको छ । चालु आवको ८ महिनामा २८ करोड २७ लाख रुपैयाँ बराबरको ८८ लाख ६९ हजार किलो मात्रै कनिका नेपाल आयात भएको छ । गत वर्ष यस अवधिमा एक अर्ब १३ करोडको कनिका आयात भएको थियो । देशमा कृषिमा प्रस्सत सम्भावना भएपनी राज्यको कृषि प्रतिको अनुदार नितिका कारण बर्षेनि खर्बौँको रकम बरावरको कृषिजन्य बस्तुको आयात गरिदै आएको छ। जसले गर्दा एकातिर देशको ब्यापारघाटा हरेक दिन बढदै गएको छ अर्कोतिर कृषि क्षेत्रमा कृयाशिल जनशक्ति बेरोजगार भएर बिदेशीनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?